Kanakai Online

कनकाई नगरपालिकाले सहकारीको ऋण तिर्न पत्र सहकारीले बचत फिर्ता नगरेकोमा भने मौन


मङ्गलवार, असार २६, २०८० |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकाले सहकारीको बचत फिर्ताका लागि सर्वसाधरणका लागि पत्र जारी गरेको छ ।
आज कनकाई नगरपालिकाद्धारा जारी विज्ञप्तिमा झापा जिल्ला सहकारीले यस क्षेत्रका सहकारीको ऋण लिएर पटक पटक साँबा ब्याज तिर्नका लागि ताकेता गर्दापनि नतिरेको भन्ने पत्र प्राप्त भएकोले तत्काल साँबा ब्याज तिर्न भनिएको छ ।

ऋण नतिरेको खण्डमा प्रचलित कानुन अनुसार हुन जाने व्यहोरा उल्लेख छ । कनकाई नगरपालिकाद्धारा जारी गरिएको विज्ञप्तिमा कनकाई नगरपालिकाका उपसचिव पिताम्बर गौतमले हस्ताक्षर गर्नुभएको छ । तर कनकाई नगरपालिकाले जारी गरेको यस विज्ञप्ति भने विवादमा आएको छ ।

कनकाई नगरपालिकाका समाजसेवी बहुउद्धेश्यीय र लक्ष्मीपुर कृषि सहकारी संस्थाले कनकाई नगरपालिका क्षेत्रमा मात्रै सयौ सर्वसाधरणको करोडौ रुपैँया रकम फिर्ता दिएका छैनन । समाजसेवी बहुउद्धेश्यीय सहकारीले पहिले केन्द्रिय कार्यालयनै सुरुङ्गास्थित झापा रोडमा राखेकोमा अहिले महिनौ देखि केन्द्रिय कार्यालयनै अन्यत्र सारेर कार्यालयकै बोर्ड समेत हटाएको छ । सो सहकारीले घरभाडा वापतको रकम समेत महिनौदेखि नतिरको पाईएको छ ।

समाजसेवी बहुउद्धेश्यीय सहकारीको ठगि धन्दाका वारेमा उजुरी परेपछि यसको छानविनका लागि सहकारीको रजिष्टार कार्यालयबाट समिति समेत गठन भइ अनुसन्धान सुरु भएको छ तर बचतकर्ताहरुलाई यसवारेमा समेत केहि थाहापत्तो छैन । हाल दैनिक रुपमा कनकाई नगरपालिकामा समाजसेवी सहकारीबाट ठगिएको भन्दै उजुरीका चाङ्ग आउने गरेको कनकाई नगरपालिकाले जनाएको छ । यसैगरि लक्ष्मीपुर कृषि सहकारीको समेत केन्द्रिय कार्यालय कनकाई नगरपालिका ८ लक्ष्मीपुरमा रहेको छ । यस सहकारीले समेत सुरुङ्गा क्षेत्रमा समेत साखा कार्यालयनै खडा गरेर स्थानीयको करोडौ रकम ५ बर्षमा दोब्बर हुने आश देखाएर मुद्धति खातामा रकम असुलेको थियो तर ५ बर्ष पुगेपछि सहकारीका संञ्चालक काठमाण्डौमा गएर बसेको फोन समेत नउठाएको गुनासो गर्दै आएका छन ।

झापामा सबैभन्दा वढी सहकारीमा समस्या भएको क्षेत्र कनकाई नगरपालिका भएको तर कनकाई नगरपालिकाबाटै उल्टै सहकारीको रमक तत्काल तिर्न नत्र कार्वाही हुने भन्दै विज्ञप्ति निकाल्नुले नगरपालिका समेत हुनेखाने साहु महाजनसग मिलेको महसुस भएको सहकारी पिडितको भनाई छ । सहकारीको ऋण तिर्नका लागि नगरपालिकाले ताकेता गरिदिनुनै गल्ती भएको स्थानीयको बुझाई रहेको छ । सहकारीको पक्षमा विज्ञप्ति निकालेपनि बचतकर्ताको रमक अपचलन गर्ने सहकारीको वारेमा एकशब्द नबोल्नु नगरपालिकाको गल्ती भएको स्थानीयवाशीको भनाई रहेको छ । यसवारेमा कनकाई नगरपालिका सहकारी विभागका प्रमुख हरि पौडयालले सहकारीले बचत कर्ताको रकम सबै फिर्ता नगरि धरै नहुने बताउँनुहुन्छ । हामीले भरसक सहकारी र बचतकर्तासग समन्वय गर्न खोजेका हौ । बचत फिर्ता नहुने कुरै छैन । सहकारीको कनकाई नगरपालिका क्षेत्रभित्र कारोवार हुनेहरुको हकमा मात्रै कनकाई नगरपालिकाले विज्ञप्ति निकालेको र दुई भन्दा बढी पालिकाको कार्यक्षेत्र हुने सहकारीको हकमा भने सहकारी रजिष्टार कार्यालय बिराटनगरले यसको विज्ञप्ति निकाल्ने सहकारी प्रमुख पौडयाले कनकाई अनलाईनलाई बताउँनुभयो ।

सम्बन्धित खबर