Kanakai Online

धुलाबारीः मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर बालिका गम्भीर घाईते


सोमवार, असार २५, २०८० |

कनकाई अनलाईन
मेचीनगर–१० धुलाबारीस्थित साथी किन्डर गार्डेन मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर एक आठ बर्षीया एक बालिका गम्भीर घाइते भएकी छिन् ।
मेचीनगर नगरपालिका १० धुलाबारीस्थित मन्टेश्वरीको शौचालयको सेफ्टी ट्यांकीमा डुबेर मेचीनगर–१० ओमशान्तिकी मेरिना लिम्बु गम्भीर घाइते हुनुभएको छ ।

घाईते बालिकाकोे अवस्था चिन्ताजनक रहेको र विर्तामोडस्थित बिएण्डसी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ । सोमवार दिउँसो साढे १२ बजे खाजा खाइसकेपछि बालिकालाई कोठामा नभेटिएको र खोजी गर्दा सेफ्टी ट्यांकीमा डुबेर बेहोसी अवस्थामा भेटिएको मन्टेश्वरीकी व्यवस्थापक अनिसा पोख्ररेलले बताउनुभयो ।

मन्टेश्वरीले सेफटी ट्यांकी सुरक्षामा गम्भीर लापारवाही गरेको भन्दै अभिभावकहरुले बताएका छन । सेफ्टी ट्यांकीमाथी मक्किएको प्लाइको टुक्रा मात्रै राखेर मन्टेश्वरीले दुर्घटना निम्त्याएको मेचीनगर १० का वडाध्यक्ष नारायण खनालले बताउनुभयो । ‘ससाना नानीहरुलाई सिकाउने ठाउँमै यस्तो लापरवाही गरिएको छ, सेफ्टी ट्यांकी जस्तो कुरामा हेल्चेक्र्याई छ,’ खनालले भन्नुभयो ।

२०७० सालमा स्थापना भएको यस मन्टेश्वरीमा अहिले ६३ जना नानीहरु अध्यनरत् छन् । पिजीदेखि कक्षा १ सम्म पढाइने उक्त मन्टेश्वरीमा घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सम्बन्धित खबर