Kanakai Online

दाजुलाई कुरा लगाइदिएको भन्दै देवरले गरे भाउजूको हत्या


सोमवार, असार २५, २०८० |

दाजुलाई कुरा लगाइदिएको भन्दै नवलपरासीमा एक युवकले आफ्नी भाउजूको हत्या गरेका छन् ।

रामग्राम नगरपालिका–१० मझरियाका २७ वर्षीय चन्दन चौधरीले आफ्नी भाउजू २६ वर्षीया मिरा चौधरीको हत्या गरेका हुन् । चन्दनले मोटरसाइकलको सकरले हानेर भाउजू मिराको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।

गम्भीर घाइते भएकी मिराको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको थियो । हत्यामा संलग्न चन्दनलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ । चन्दनका दाइ भने रोजगारीको सिलसिलामा विदेशमा छन् । चौधरीका बाबुले २ कठ्ठा जग्गा बेचेर दाजुको विवाह गरिदिएका थिए ।

प्रहरीका अनुसार गाउँमा बस्दै आएका चन्दनले दाजुलाई दिएजति जग्गा बेचेर आफ्नाे पनि विवाह गरिदिन बाबुलाई दबाब दिँदै आएका थिए । कन्चन कान्छा छोरा हुन् ।  जग्गा बेच्न दबाब दिएपछि बाबुले आफ्नो भागमा पर्ने अंश लिएर विवाह गर्न चन्दनलाई भन्दै आएका थिए । तर, अंश नभई संगोलकै जग्गा बेच्न भन्दै दिनहुँ चन्दनले झगडा गर्ने गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर