सन्तोस शर्मा
बुद्धशान्ती कार्यभार सम्हालेको एक वर्षको अवधिमा झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ ले उल्लेख्य काम गरेको छ ।
स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गर्दै वडा कार्यालयले वडाको समग्र विकासमा आधारित कामहरु गरेको वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दिगो विकासको लक्ष्यलाई हासिल गर्नेगरी अगाडि बढिरहेका छौं, समुन्नत वडा बनाउने अभियानमा हामी सबै जनप्रतिनिधि तथा कर्मचारी एकजुट छौं ।” वडाले स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, मानव विकास लगायत सबै क्षेत्रको समग्र विकास लक्षित कार्यहरु अघि बढाइरहेको छ । वाग्ले पुर्व पत्रकार हुन ।
भाडाको घरमा सञ्चालित वडा कार्यालयले हाल आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गरिरहेको छ । सँगै, आधारभूत स्वास्थ्य केन्द्रसमेत आफ्नै भवनबाट सञ्चालन भइरहेको छ ।
वडाभित्र रहेका सम्पूर्ण ऐलानी जग्गाको नापी कार्य ९छिटफुट बाहेक० सम्पन्न गरि सम्बन्धित निकायमा विवरण पठाइएको वडा अध्यक्ष वाग्लेले बताउनुभयो । वडाबाट विद्युतीय कारोबार ९ई–बिलिङ० सेवा सुरू भएको छ ।
त्यस्तै, वडामा निवेदन, सिफारिस माग निवेदन, फारम भर्ने लगायतका सुविधा निःशुल्क प्रदान गरी नागरिकलाई सहजता प्रदान गरिएको छ ।
वडामा करिब २ किलोमिटर सडक कालोपत्रे भएको छ भने चालू आवमा वडाका २०० बढी किसानलाई कृषिमा प्रविधि कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा स्प्रे ट्याङ्की तथा एक चक्के ठेलागाडा वितरण गरिएको छ वडा सदस्य तुलसा खतिवडा रेग्मीले जानकारी दिनुभयो ।
वडाका किसानको गाई–भैँसीलाई निःशुल्क गर्वाधान ९एआई० सेवा, किसानलाई बिमामा प्रोत्साहन गर्ने उद्देश्यका साथ पशु बिमा कार्यक्रम, आधा दर्जन कुलो पैनीको मुहान मर्मत तथा क्यानल निर्माण गरिएको अर्का वडा सदस्य सुमित्रा रसाइलीले जानकारी दिनुभयो ।
वडाका पाँच ठाउँमा कल्भट निर्माण गरिएको छ भने तीन ठाउँमा फलैंचा निर्माण गरिएको अर्का वडा सदस्य लक्ष्मीप्रसाद कडेलले बताउनुभयो । भोटेटार चौतारा पुनःनिर्माण गरी स्तरोन्नति, नमूना शुक्रबारे भोटेटार बजार सञ्चालन सहयोग तथा बजार जाने सडक स्तरोन्नति, वडाको भोटेटार, बुद्धआदर्श मावि पछाडि र इलामेली टोल क्षेत्रको सडकमा नाला निर्माण, होक्से चोक पूर्व सडकमा टेका बाल निर्माण गरिएको उहाँले बताउनुभयो ।
वडा नं। १ का करिब एक सय खाली बिजुलीका पोलमा तार बिस्तारसहित थप ठाउँमा करिब ५० बिजुलीको पोल र तार विस्तार गरिएको छ भने भोल्टेज सुधारका लागि विद्युत् प्राधिकरणको समन्वयमा चार ठाउँमा ट्रान्सफर्मर जडान तथा क्षमता बृद्धि समेत गरिएको छ । वडाले सडक बत्ति मर्मत तथा जडान कार्यलाई समेत प्राथमिकता दिएको छ ।
वडामा शिक्षाको स्तरबृद्धिका लागि वडा कार्यालयले नमूना आधारभूत विद्यालय, त्रिभुवन मावि र सरस्वती वालविकास केन्द्रको बाल कक्षा सुधार गरी गुणस्तरीय शिक्षण सिकाईमा टेवा, लक्ष्मी नारायण मन्दिरमा गुरूकुल सञ्चालनका लागि शिक्षक तलब व्यवस्थापन गरेको वडा सदस्य मोहन राईले बताउनुभयो ।
यस्तै, सिद्धिविनायक गणेश मन्दिर र आनन्देश्वर शिव मन्दिरमा यज्ञ शाला निर्माण, गुम्बा घेरावारा गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै, विरीङ खोलामा घाट निर्माणका लागि रकम विनियोजन गरी थप निर्माणको काम गरिएको छ । हँडिया खोलामा तारजाली लगाउने काम गरिएको छ ।
विपन्न समुदायको स्वास्थ्यमा पहुँच बृद्धि गर्न विपन्न, दीर्घरोगी करिब एक सय परिवारलाई स्वास्थ्य बिमा, २३ विपन्न परिवारलाई वायुपंखी चुलो वितरण गरिएको छ ।
वडाबासीलाई सीप सिकाएर आत्मनिर्भर बनाउन ५० बढी महिलालाई ब्यूटिपार्लर तालिम, दलित समुदायलाई उद्घोषण तथा माइन्यूट लेखन तालिम, जनजातिलाई कफी मेकर तालिम प्रदान गरी स्वावलम्बन बन्न सहयोग गरिएको छ । अपांगता भएकाको संस्थालाई सामग्री खरिदका लागि सहयोगसमेत गरिएको छ ।
सीप सिकेका नौ महिलालाई स्वरोजगार बन्न सिलाई मेसिन वितरण गरिएको वडाध्यक्ष वाग्लेले बताउनुभयो । मागमा आधारित सीप माग गरेका दर्जन बढी महिलालाई परालको चप्पल, बिजुली बल्भ लगायत बनाउने तालिम प्रदानसमेत प्रदान गरिएको छ ।
बुधबारे बजार भित्री सडकमा ब्लक जडान गरी सडक स्तरोन्नति, सडक ग्राभेल, सडकका बाटाघाटामा चार दर्जन हाराहारीमा ह्युम पाइम लगाइयो, खानेपानी आयोजनाहरूको मुहान संरक्षण, पाइपलाइन बिस्तार तथा मर्मत सहयोग, दुर्घटनाको जोखिम रहेको देउराली सडक क्षेत्रमा बाल निर्माण गरिएको छ ।
खेलकुदको माध्यमबाट समक्ष र नैतिकवान युवा बनाउन युवालाई खेलकुद सामग्री प्रदान गरिएको छ भने ९० वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
बुद्धशान्ति–१ मा चालू आवको हालसम्म २७ लाख रुपैयाँ बढी राजस्व संकलन भएको वडा सचिव सञ्जय राईले जानकारी दिनुभयो । उहाँले वडाले हरेक गतिविधिलाई पारदर्शी एवम् मितव्ययी तरिकाले सम्पन्न गर्ने गरेको उहाँले बताउनुभयो ।
बुद्धशान्ति–१ को करिब–करिब मध्य भागबाट मदन भण्डारी लोकमार्ग जोडिएको छ । लोक मार्ग निर्माणको काम पनि यही बर्षबाट शुरू भएको छ । वडा अन्तर्गत सो सडकमा १२ वटा जति कल्भट निर्माण भइरहेका छन् भने विरीङ, दामा र हँडिया खोलामा पुल निर्माणको काम लगभग सकिएको अवस्था छ । सो सडकलाई वडाले होल्डिङ सेन्टरका रूपमा विकास गर्ने योजना बनाएको छ ।
उता, बुद्धशान्ति रिङरोड अवधारणा अनुरूप दामा अँधेरी खोलामा निर्माण भइरहेको पुलको पनि निर्माणको काम सकिन लागेको छ भने सभामुख देवराज घिमिरेले पनि महत्वका साथ हेर्नु भएको शहीद राम प्रधान मार्गको बुधबारे–भोटेटार हुँदै इलामको तीनघरे जोड्ने झापा–इलाम द्रुतमार्गको काम अघि बढाउन पनि वडा, पालिका प्रमुख उपप्रमुख, सो क्षेत्रका सांसद लगायतबाट पहल कदमी अघि बढिरहेको छ ।