Kanakai Online

सुरुङ्गा प्रहरीद्धारा अबैध कपडा बरामद


आइतवार, असार २४, २०८० |

कनकाई अनलाईन
इलाका प्रहरी कार्यालय सुरुङ्गा र प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रहरी टोलीले शनिवार विहान साढे ८ बजेको समयमा कनकाई नगरपालिका ४ कोटीहोम क्षेत्र माईपुल छेउबाट भारतबाट भन्सार छलि ल्याएको अन्दाजी २ लाख ५६ हजार ४४० रुपैँया बराबरको साडी, .ब्लाउज लगायातका कपडाहरु बरामद गरेको छ ।


प्रहरीले बरामद उक्त कपडालाई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको छ । इलका प्रहरी कार्यालय सुरुङ्गामा प्रहरी प्रमुखका रुपमा कोइराला आएसगै यस क्षेत्रमा हुने चोरी तस्करीलाई नियन्त्रणका लागि विशेष अभियान थाल्नुभएको पाइएको छ ।
प्रहरी टोलीले भारतीय माछा समेत २ पटक नियन्त्रणमा लिनुभएको थियो ।

सम्बन्धित खबर