झापाको हल्दिबारी गाउपालिका वडा नम्बर ४ ले आर्थिक बर्ष २०७९/०८० को लागि स्वीकृत सिपमुलक कार्यक्रम अन्तर्गत ३ महिने एडभान्स बेसिक कम्प्यूटर तालिम सञ्चालन गरि आज सम्पन्न गरेको छ।
सन्त कुमार थापा को अध्यक्षयत्तामा भएको कार्यक्रमको प्रमुख अतिथि महेन्द्र मा.वि का विद्यालय व्यवस्थापन समिति अध्यक्ष एकराज मगर को रहेको थियो।यसैगरी अतिथिहरुमा ४ नम्बर वडा सदस्य सुरेन्द्र बाह्रकोटि, कार्यपालिका सदस्य भगिरथा दाहाल, वडा सदस्य शान्ता गहतराज, महेन्द्र मा.वि चक्र बहादुर वस्नेत, जलथल स्वास्थ चौकी प्रमुख माधव प्रसाद यादव, जलथल प्रहरी चौकी प्रमुख देवेन्द्र सुब्बा, दिपेन्द्र आ.वि विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिल चौहान , पातञ्जल योग समिति हल्दिवारी अध्यक्ष मिलन विश्वकर्मा लगायतको अथिती रहेको थियो।
वडाले तालिम प्रशिक्षकहरु अमिन मेचे र भिम प्रसाद भट्टराईलाई छनोट गरि तीन महिने तालिम प्रशिक्षण बनाई तालिम सन्चालन गराएको वडा सचीव जय प्रसाद पोख्रेलले बताउनु भएको छ।
छनौटमा परेका २५ जनालाई उक्त तालिम प्रदान गरिएको वडा सचिव जय प्रसाद पोख्रेलले जानकारी दिए ।तालिममा सहभागिताका लागि ४ नम्बर वडावासीलाई आवेदन माग गरिएको र निर्धारित समयभित्र निवेदन पेश भएका मध्ये बाट २५ जनालाई छनोट गरि तालिम प्रदान गरिएको वडा अध्यक्ष अध्यक्ष थापाले बताए।
वडा समितिको बैठकले छनौट आवेदकहरुलाई २०८० बैशाख १० गतेदेखि वडा नम्बर ४ को महेन्द्र मा.विको सभाहलमा तालिम शुरु गरिएको र आज मिति २०८० असार २३ गते सम्पन्न गरिएको हो।
वडाध्यक्ष थापाले एडभान्स बेसिक कम्प्यूटर तालिम ६ महिना गराउने बताउँदै यस आर्थिक बर्षमा ३ महिना गराईएको, र आगामी आर्थिक बर्षमा ३ महिना गराउने जानकारी दिनु भएको छ। कार्यक्रम संचालक् वडा सचिव जय प्रसाद पोख्रेलले गर्नु भएको थियो।