Kanakai Online

कनकाईमा राती सडक पिच गर्न नपाएको झोकमा ठेकेदारले सडक भत्काइदिए


शनिवार, असार २३, २०८० |

कनकाई अनलाईन
कनकाई नगरपालिका १ स्थित प्रजापति क्षेत्रमा राती सडक पिच गर्न नपाएपछि ठेकेदारले सडकमा डोजर लगाएर बाटै भत्काइदिएका छन ।
शुक्रवार राती ९ बजेको समयमा हामी पिच गर्न लाग्यौ आउनुपर्यो भनेर ठेकेदारको फोन आयो मैले रातीको काम राम्रो हुदैन पानी पनि पदैछ भने विहान उठेर हेर्दा त पिच गर्न नपाएपछि ठेकेदारले रोडमै हिडनै नमिल्ने बनाएर जोतेर गएछन । कनकाई नगरपालिका १ नम्बर वार्डका वडाअध्यक्ष सुशिल पोखरेलले भन्नुभयो ।

ठेकेदारले रोडा, गिटी र प्राइमर हालिसकेको अवस्थामा असारको २४ गतेसम्ममा चेक काटेर निकासा गरिसक्नुपर्ने भएर हुनसक्छ राती पिच नर्गनु भन्दा चेक रोकिने रिसले ठेकेदारले बाटै भत्काइदिएको हुनसक्ने वडाअध्ययक्ष पोखरेलले भन्नुभयो । राती मलाई फोन गरेर मैले रोडमा दुख्ख गरेको छु हालेको गिटी निकालेर जैजान्छु भन्दैथिए म त त्यतिक्कै भनेको ठानेको थिए अहिले रोड हिडनै नमिल्ने बनाएर जोतिदिएछन वडाअध्यक्ष पोखरेलले भन्नुभयो । कनकाई १ नम्बर वार्ड नगरप्रमुख राजेन्द्रकुमार पोखरेललेको समेत गाउँ भएकोले रातीको काम त गर्ने हुदैन भनेको थिए ठेकेदारले रिसलाई नियन्त्रण गर्न सकेनन के गर्नु बार्डअध्यक्ष पोखरेलको गुनासो छ । सरकारले असार महिनामा मात्रै विकास बजेट बिनियोजन गरिदिदा असारको १५ गतेदेखि मात्रै सडक पिच लगायातका कामहरु तीव्र गतिमा हुने गरेको छ ।

सम्बन्धित खबर