Kanakai Online

खोला कटान बचाउन वार्ड कार्यालयले गर्यो वृक्षरोपण


बिहिवार, असार २१, २०८० |

कनकाई अनलाईन
कनकाई नगरपालिका ४ कोटीहोम क्षेत्रमा रहेको त्रिवेणी टोलमा कनकाई नगरपालिका ४ को आयोजनामा वृहत वृहत वृक्षारोपण गरिएको छ ।


जनप्रतिनिधिहरु, नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, वडाअध्यक्ष रोषन सुवेदी, वडासदस्य मन्दिरा विश्वकर्मा लगायतको टोलीले कनकाई माई नदि किनारको बस्ती छेउको खाली जमिनमा विभिन्न प्रजातिका विरुवाहरु मसला, तित्री, मलेसियन साखु, अमला, कदम लगायातका विरुवाहरु रोपिएको हो । उक्त क्षेत्रलाई कनकाई नगरपालिकाकै सबैभन्दा वढी वाढी प्रभावित क्षेत्रकै रुपमा लिइने गरिएको छ ।

कनकाई नदिको किनारामा मुस्लिम र कमजोर आय आर्जन भएका मानिसहरुको बसोवासी रहेको उक्त स्थानमा अघिल्लो बर्ष समेत वाढीले गाउँ बगाउन लागेसगै बाँसको ५०० मिटर अस्थायी बाँध लगाएर गाउँबस्ती जोगाएको कनकाई ४ का वडाध्यक्ष रोषन सुवेदीले बताउँनुभयो । त्यसवेला करिव १२ लाख रुपैँया कनकाई नगरपालिकाले खर्चिएर बाँसको अस्थायी बाध लगाएको थियो । खोलाले कटान गर्न सक्ने क्षेत्रमा करिव ८०० विभिन्न प्रजातिका विरुवा लगाईको छ भने बाकी बाँस र अन्य प्रजातिका समेत विरुवा लगाइने वडाध्यक्ष सुवेदीले बताउँनुभयो । वृक्षरोपणका लागि स्थानीयले श्रमदान गरेका थिए भने सेक्टर वन कार्यालय सुरुङ्गाले निशुल्क विरुवा प्रदान गरेको थियो । उक्त गाउँ बचाउनका लागि मानव विकास संस्थाले समेत निशुल्क तारजाली प्रदान गरेसगै गाउँले समेतको श्रमदानमा केहि भागमा ढुङ्गाको स्पोर समेत निर्माण गरिसकिएको छ । मुस्लिम गाउँले समेत परिचित कनकाई नगरपालिकाको यस त्रिवेणी टोलमा रोपिएको विरुवाको संरक्षणका लागि त्रिवेणी टोल विकास संस्थाले पहल कदमी गर्ने बताएको छ ।

सम्बन्धित खबर