कनकाई अनलाईन
झापाबाट बालयौन दुरुपयोग र लागूऔषध मुद्दामा फरार रहेका दुई जना प्रतिबादी पक्राउ परेका छन् । झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बालयौन दुरुपयोग मुद्दाका बुद्धशान्ति–४ बाझोखेत टोलका ३२ बर्षिय मनकुमार राई र लागुऔषध मुद्दाका बुद्धशान्ति–४ कै किरात टोलका २७ बर्षिय सुरेन भन्ने सुरेन्द्र तामाङ रहेका छन् ।
राईलाई झापा जिल्ला अदालतको मिति २०७८ साल मंसिर २ गतेको फैसला अनुसार बालयौन दुरुपयोग मुद्दामा ६ महिना कैद ५ हजार जरिवाना र २५ हजार क्षतिपूर्ति भराउने फैसला भई फरार रहेका थिए । त्यसैगरी झापा अदालतको मिति २०७७ साल भदौ १७ गतेको फैसला अनुसार लागुऔषध मुद्दामा १ वर्ष कैद, ५ हजार जरिवाना र ४ सय रुपैयाा क्षेतिपुर्ति भराउने फैसला भई फरार रहेका थिए ।
पक्राउपछि उनीहरुलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । अदालतको आदेश अनुसार उनीहरुलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।