Kanakai Online

कनकाई लायन्समा गजुरेल सर्वसम्मत


मङ्गलवार, असार १९, २०८० |

कनकाई अनलाईन
लायन्स क्लब अफ कनकाइ सुरुङामा वर्ष २०२३र२४ का लागि गङगाराम गजुरेल सन्जय चयन भएका छन ।

प्रत्येक वर्ष जुलाई एक देखि अर्को जुन मसान्त सम्म रहने एक वर्षको कार्यकालका लागि सर्वसम्मत रुपमा गजुरेल चयन भएक हुन । कार्यरत द्वितिय उपाध्यक्ष प्रथममा र प्रथम उपाध्यक्ष स्वत अध्यक्षमा पदोन्नति हुने प्रावधान भएता पनि चुनावी प्रक्रिया अनुसार सदस्यहरुको कम्तिमा बहुमत समर्थन पाउनु पर्नेमा उनले १००५ समर्थन प्राप्त गरेर आगामी वर्षको अध्यक्षको पद समाल्न थालेका छन ।

त्यस्तै प्रथम उपाध्यक्षमा सन्दिपबाबु प्रसाईं र दितिय उपाध्यक्षमा मान बहादुर दाहल कुमार चयन भएका छन । क्लबका निवर्तमान अध्यक्ष साजन थापाले उक्त निर्वाचनमा सहजीकरण गरेका थिए ।
नव निर्वाचित अध्यक्ष गजुरेलले आफ्नो कार्यकाल सफल पार्नको लागि सचिवमा पञ्कज खड्का, कोसाध्यक्षमा राजकिसोर चौधरी र सह(सचिवमा पञ्कज मन्डल चयन गरेका छन । अन्य आवश्यक सदस्यहरु थप गरि समिती पुर्णता सहित आफ्नो कार्यकाल उदाहरणियताका साथ सफल पार्ने कुराको जानकारी पनि अध्यक्ष गजुरेलले दिएका छन ।

बर्ष २०२२र२३ का अध्यक्ष लायन देवराज सुबेदिको सभापतीत्वमा भएको कार्यक्रममा क्लबका चार्टर प्रेसिडेन्ट तथा क्याबिनेट सेक्रेटरी लायन लिला प्रसाद चिमरियाको प्रमुख आतिथ्य रहेको थियो । क्लबका पुर्व अध्यक्षहरु रुपनारायण खतिवडा, सुरेन्द्र प्रधान, मनोज बस्नेत, गङाराम दाहाल तथा निवर्तमान अध्यक्ष साजन थापाले शुभकामना ब्यक्त राखेको कार्यक्रमको सन्चालन क्लबका सचिव सुबाश बंशलले गरेका थिए ।

सम्बन्धित खबर