Kanakai Online

एनआइसी एसिया बैकको एटिएमबाट रकम लुटने असफल प्रयास


सोमवार, असार १८, २०८० |

कनकाई अनलाईन
मेचीनगर–६ काँकरभिट्टा स्थित एनआईसी एशिया बैँकको एटिएमबाट रकम लुट्ने असफल प्रयास भएको छ ।

सोमवार राती २ बजेको समयमा मेचीनगर–६ स्थित राधिका क्षेत्रीको घरमा सञ्चालित बैँकको एटिएमबाट रकम लुट्ने प्रयास भएको हो ।

भुइँतलामा रहेको एटिएमको सटरमा मान्छे भित्र पसेर एटिएममा राखिएको रकम लुट्ने प्रयास भएको बैँकका मेनेजर रेवन्त न्यौपानेले बताउँनुभयो । तर, एटिएमको भल्ट नखुलेकाले करिव २० लाखभन्दा बढी रकम भने सुरक्षित रहेको पाईएको न्यौपानेले बताउँनुभयो ।

सोमवार विहानको राति २ वजे २०÷२२ वर्षको नकावधारी एक युवाले एटिएमभित्र पसेर भल्ट फोड्ने प्रयास गरेको सिसि टिभीमा देखिएको मेनेजर न्यौपानेले बताउँनुभयो ।

‘लुटेराले भल्ट फोड्ने प्रयास गरे पनि नसकेपछि अन्यत्र गएको पाइएको छ । भल्ट खोल्ने प्रयास गरेको र नखुलेपछि छाडेर हिँडेको देखिएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख प्रहरी नायव उपरिक्षक दिपक भारतीले एनआईसी एशिया बैँकको एटिएम फोडेर राति पैसा निकाल्ने प्रयास गरेको पाइएको र फरार युवाको प्रहरीले खोजी गरिरहेको बताउँनुभयो ।