Kanakai Online

तरुण दलको केन्द्रिय सदस्य बनेपछि झापाका उप्रेती भन्छन संगठनलाई एक नम्बर बनाउँछु


आइतवार, असार १७, २०८० |

कनकाई अनलाईन
नेपाल तरुण दलको केन्द्रिय समितिमा झापा कनकाई नगरका राजेन्द्र उप्रेती सहित ७ जना झापाली तरुण नेताहरु परेका छन ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधान अनुसार बिद्धान गुरुङको संयोजकत्वमा गठन गरेको तरुण दलको केन्द्रिय तदर्थ समितिमा पर्ने झापाली तरुण नेताहरुमा झापा कनकाई नगरपालिकाका राजेन्द्र उप्रेती सहित दमकका रोशन विष्ट, नेत्रप्रसाद पौडेल, श्रीप्रसाद सिटौला, श्याम प्रसाद सिटौला, सजेश शिवाकोटी र निरज निरौला रहेका छन ।


केन्द्रिय समितिका परेका झापा कनकाई नगरपालिका सुरुङ्गाका उप्रेती नेविसंघका पुर्व सभापति हुन । नेविसंघको दुई कार्यकालसम्म जिल्ला सदस्य उपसभापति हुदै सभापति बनेका हुन । राजेन्द्र आफ्नो कार्यकालमा विद्यार्थी राजनितिमा परिणाम ल्याउने नेतामा गनिन्छन । उनकै कार्यकालमा झापामा नेविसंघले झापाका प्राय सबै क्याम्पसमा निर्वाचन जितेको थियो भने जिल्लामा नेविसंघ पहिलो संगठन बनेको थियो । नेविसंघका सभापति भएका बेला झापामा पहिलोचोटी कालापानी, लिपुलेक नेपालको भएको भन्दै बिर्तामोड लगायातका विभिन्न स्थानमा प्रदर्शन गर्ने तथा भारतीय विषादियुक्त तरकारी नेपाल प्रवेशमा रोक लगाउने आन्दोलनको नेतृत्व गरेका थिए । काकडभिट्टामा भारतीय विशाक्त तरकारी ल्याव चेक गरेर मात्रै नेपाल ल्याइनुपर्ने भनेर आन्दोलन गरेर सफल अभियान चलाएका थिए ।

तरुणको केन्द्रिय सदस्य बनेपछि नेता राजेन्द्रले आफ्नो नेतृत्वमा नेविसंघलाई जिल्लाको पहिलो संगठन बनाएजसरी अव तरुणहरुमा समेत पार्टीलाई जिल्लामै पहिलो संगठन बनाइछाडने प्रतिवद्धता जनाएका छन ।

सम्बन्धित खबर