Kanakai Online

भद्रपुर—विर्तामोड सडक छिटो निर्माण सम्पन्न गर्न काँग्रेसको माग


बिहिवार, असार १४, २०८० |

कनकाई अनलाईन

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगरसमितिले भद्रपुर विर्तामोड सडक निर्माणमा भइरहेको ढिलाइप्रति लक्ष्यित गरेर छिटोभन्दा छिटो काम सम्पन्नको माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।

पछिल्लो पटकको म्याद अनुसार सो सडक निर्माण गर्ने अन्तिम मिति २०८० भदौ ४ गते रहेको भए पनि सो समयमा काम सम्पन्न नहुने निश्चित भएको भन्दै काँग्रेसले छिटो काम सम्पन्न गर्ने वातावरण बनाउन सरकारसित माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।

नगर सभापति सामबहादुर कँडेलको नेतृत्वमा गएको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलमार्फत नेपभल सरकारलाई ज्ञापन पत्र पढाएको हो ।

ज्ञापनपत्रमा भनिएको छ— तोकिएको समयमा सडक निर्माण नसकिने अवस्थामा रहेको हुँदा यो महत्वपूर्ण योजनालाई जतिसक्दो छिटो सम्पन्न गर्न नेपाल सरकारले ध्यान दिओस् भने सडक निर्माणका लागि समय थपिएको अवस्थामा नयाँ समय तालिका सार्वजनिक हुनु पर्दछ भनिएको छ ।

सम्बन्धित खबर