Kanakai Online

हल्दिबारी गाउँपालिका अध्यक्ष सहितको टोलिले भारत पुगेका हल्दिबारीका दुई बालकको उद्दार


मङ्गलवार, असार १२, २०८० |

झापा/ झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर १ का दुई बालक घर बाट दुईदिन अगाडि हराएका र आज बिहान हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङदेन सहितको टोलिले भारतको तारावारि बाट बालकको उद्दार गरेका छन।

हल्दिबारी १ घर भएका लक्ष्मण बस्नेत र बिमल आचार्य नाम गरेका दुई बालक आइतबार घर बाट हराएका र उनिहरुको खोज तलासी गर्ने क्रममा उनिहरु हिजो बेलुका १० बजे भारतका पुलिसले फेला परि, नेपालमा सबै तिर सामाजिक संजालमा बालक झापाको मेचिनगर नगरपालिका वडा नम्बर :४ हुँदै भारतको तालाबारीमा भेटिका थिए भनी सबै तिर दुई बालकका तस्वीर भाइरल बन्दै गएपछि उक्त तस्वीरमा भएका बालक हल्दिबारी का मानिसले पहिचान गरेका थिए । तेस्पछी बालकका आफन्त लाई खबर गरेर जानकारी दिए सङै आज बिहान नै गाउँपालिका अध्यक्ष रबिन्द्र लिङदेन , हल्दिबारी १ का वडा अध्यक्ष,गाउँपालिका बाल संजाल अध्यक्ष, प्रहरी,सन्चार्कर्मी, मेचीनगर वडा -४ का अध्यक्ष सहितको टोलिले उद्दार गरेका हुन।

उद्दार पछि ती बालकलाई उक्त उद्दार टोलिले परिवार लाई जिम्मा लगाएका छ।

Sent

सम्बन्धित खबर