Kanakai Online

हल्दिवारीमा च्याउ टिप्न जादा हात्तीको आक्रमणमा परि निधन


मङ्गलवार, असार १२, २०८० |

कनकाई अनलाईन
आज बिहान झापाको हल्दीबारीमा जंगली हात्तीको आक्रमणमा परेर एक जनाको ज्यान गएको छ ।


मंगलवार बिहान ४ बजे हल्दिबारी गाउँपालिका वडा नं। २ स्थित देउनिया खोलाको पुल नजिकै हात्तीको आक्रमणबाट भद्रपुर ७ का ५३ बर्षिय गिरेन कर्माकारको ज्यान गएको हो । पुलबाट ३०० मिटर उत्तरमा रहेको चियाबगान छेउमा च्याउ टिप्न गएका कर्मकारलाई हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्र रिजालले बताउँनुभएको छ ।

सम्बन्धित खबर