Kanakai Online

आज बिहान माईधारमा सडक दुर्घटना हुदा बाबुछोरीको मृत्यु


मङ्गलवार, असार १२, २०८० |

कनकाई अनलाईन
पूर्व पश्चिम राजमार्गको दूधे माइधार सडक खण्ड स्थित शिवसताक्षी १० किरात चौकमा ट्रक र कार एकआपसमा जुध्दा कारमा सवार बाबुछोरीको मृत्यु भएको छ ।


मंगलवार विहान ६ बजेको समयमा विपरित दिशाबाट आउदै गरेको प्रदेश १—०२००१ क ३७८९ नम्बरको भुस लोड गरेको ट्रक र प्रदेश १—०१—००१ च ७४८२ नम्बरको कार एकआपसमा जुध्दा कारमा सवार कार चालक मोरङ उर्लाबारी का ४० वर्षिय गुरु चरण चौधरी र उनकी छोरी अगाडिको सिटमा बस्ने बर्ष १७ की कुम कुम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । घाईतेहरुको उपचारका क्रममा बिर्तामोडस्थित विएंडसी अस्पतालमा मृत्युभएको प्रहरीले जनाएको छ । घटनामा परि कारमा सवार थप ५ जना घाईते रहेको र उनीहरुको अवस्था सामान्य रहेको समेत प्रहरीले जनाएको छ उनीहरुको समेत विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । हाल प्रहरीले ट्रक चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ । दुबै सवारी एकआपसमा ठोक्किएर दुर्घटना हुदा दुबै सवारी सडकभन्दा तल पल्टिएका थिए ।

आज विहान ७ बजे शिवसाक्षीको भालुखोलामा पूर्वबाट पश्चिम तर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिदा गाडीमा सवार पाँच जना घाइते भएका थिए । उनीहरुलाई विएडसी अस्पताल विर्तामोड लगिएको थियो ।

दुईवटै सवारीसाधनको नम्बर खुल्न सकेको छैन । घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित खबर