Kanakai Online

रोमानियामा गायक प्रकाश सपुतमाथि बोतल प्रहार


सोमवार, असार ११, २०८० |

कनकाई अनलाईन
झापा, असार ११ । गायक प्रकाश सपुतमाथि रोमानियामा बोतल प्रहार भएको छ।

रोमनियाको एक कार्यक्रममा उनीमाथि बोतल प्रहार भएको हो। उनीमाथि प्रहार भएको सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा सपुतले गीत गाइरहेका बेला एक युवाले बोतल प्रहार गरेको स्पष्ट देखिन्छ । उक्त बोतल सपुतको अनुहारजको देब्रे भागको गालामा लागेपछि प्रकाशले गीत गाउन रोकेका थिए । घटनाको केही बेरपछि प्रकाश फेरि स्टेज चढेर गीत गाएका थिए । कार्यक्रममा सहभागी एक दर्शकका अनुसार मदिरा सेवन गरेर आएका एक युवकले बोतलले हिर्काएका हुन् । प्रकाशको अवस्था भने सामान्य रहेको छ ।

सम्बन्धित खबर