Kanakai Online

अर्जुनधारा मंगलश्री क्रसरमा काम गर्नेक्रममा एक मजदुरको मृत्यु


सोमवार, असार ११, २०८० |

कनकाई अनलाईन
झापा अर्जुनधारा नगरपालिका ७ गढीमा रहेको एक क्रसर उद्योगमा काम गर्ने क्रममा एक मजदुरको मृत्यु भएको छ ।
स्थानीय मंगलश्री क्रसरमा काम गर्ने ताप्लेजुङ्ग घर भएका २३ बर्षिय अर्जुन भट्टराईको काम गर्नेक्रममा मिक्सगिटी लोड गर्नेक्रममा सोमवार दिउसो साढे ४ बजेको समयमा ना १ क ७८९२ नम्बरको टिफरले ब्याग सार्नेक्रममा टिफर पल्टिनगई मेशिनले किचेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्र रिजालले बताउँनुभयो ।


क्रसर उद्योगमा काम गर्नेक्रममा टिफरले मिक्सगिटी लोड गर्नेक्रममा टिफरले क्रसरको हबमा टिफर पल्टिदा काम गर्दै गरेका कामदार भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हाल क्रसर उद्योगको टिफर चालक अर्जुनधारा नगरपालिका ४ का ५२ बर्षिय गजेन्द्रबहादुर कटवाललाई र टिफरलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ । उक्त क्रसर उद्योग निर्माण व्यावसायी संघ झापाका अध्यक्ष मिलन बस्नेतको रहेको बुझिएको छ ।

सम्बन्धित खबर