Kanakai Online

बाह्रदशीको बजेट ४९ करोड ८८ लाख ४० हजार


आइतवार, असार १०, २०८० |

कनकाई अनलाईन
बह्रदशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८० /०८१ ल लागि ४९ करोड ८८ लाख ४० हजार ६ सय रुपैयाँ बरावरको वजेट सार्वजनिक गरेको छ ।

समृद्ध बाह्रदशीको आधार, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार भन्ने मूल नाराका साथ गाउँपालिकाको तेह्रौं गाउँसभाले बजेट सार्बजनिक गरेको हो । गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईले गाउँसभाबाट विनियोजित बजेट सार्वजनिक गरेका थिए ।
गाउँपालिकाले सार्बजनिक गरेको बजेटमा गाउँपालिकाको चालू तथा प्रशासनिक खर्च ६ करोड ९७ लाख ३० हजार रुैियाँ, ७ वटै वडाको चालू तथा प्रशासनिक खर्च २ करोड २४ लाख, शिक्षा शाखा तर्फको प्रशासनिक खर्च तीन लाख ४० हजार, स्वास्थ्य शाखा तर्फको प्रशासनिक खर्च ६ लाख ४२ हजार , कृषि शाखा तर्फको प्रशासनिक १ लाख २० हजार, पशुपक्षी शाखा तर्फको प्रशासनिक खर्च एक लाख २० हजार, आयुर्वेद शाखाका लागि १ लाख २० हजार प्रशासनिक खर्च छुट्याइएको छ ।
आर्थिक विकास तर्फ ११ करोड ९० लाख , संस्थागत तथा क्षमता विकास तर्फ ५४ लाख , सामाजिक विकास तर्फ ४ करोड २७ लाख ५० हजार रुपैयाँ वजेट विनियोजन गरिएको छ । वन वातावरण÷ विपद व्यवस्थापनका लागि १८ लाख र भौतिक पूर्वाधार विकास तर्फ ३ करोड २५ लाख ५० हजार रुपैयाँ वजेट विनियोजन भएको हो ।
गाउँपालिका उपाध्यक्ष शान्ता देवी शिवाकोटी खरेलले बजेट तथा कार्यक्रम तर्जुमा विषयमा धारणा राखेको कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष महताव आलमले राखेका थिए । समसामयिक विषयमा सभाको सून्य समय सदस्यहरू बिजय अधिकारी, गंगाराम धिताल, युवराज ढकाल, हेमलाल दाहाल र जय तिम्सिनाले धारणा राखेका थिए ।

आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाईले सभामा प्रस्तुत गरेका थिए । गांगाराम धिताल र यूवराज ढकालले अध्यक्षले प्रस्तूत गरेको नीति तथा कार्यक्रम माथि धाराणा रखेका थिए ।
गाउँपालिका उपाध्यक्ष शान्ता देवी शिवाकोटीले बजेट तथा कार्यक्रम तर्जुमा विषयमा धारणा राखेकी थिइन् । कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत खेमरााज थापा र योजना अधिकृत तेजप्रसाद रेग्मीले गरेका थिए ।

सम्बन्धित खबर