Kanakai Online

मेचीनगरको बजेट रु एक अर्ब ५१ करोड बढी


आइतवार, असार १०, २०८० |

कनकाई अनलाईन
मेचीनगर । मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको तेस्रो अधिवेशन सुरु भएको छ ।

अधिवेशनको संघीय सांसद विश्वप्रकाश शर्माले पालिका परिसरमा भएको जामुनाको विरुवा रोपेर उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा नगरका प्रमुख गोपाल चन्द्र बुढाथोकीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । कार्यक्रममा नगर उपप्रमुख मिना उप्रेतीले नगरको कूल बजेट रु। एक अर्ब ५१ करोड १२ लाख ३६७ हजार रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश सांसद गोपाल तामाङ, सविना बजगाईलगायतको उपस्थिति रहेको छ ।