Kanakai Online

नेपाल रेडक्रस सोसाईटी सुरुङ्गाको १५ औ साधरणसभा


आइतवार, असार १०, २०८० |

कनकाई अनलाईन
नेपाल रेडक्रस सोसाइटी सुरुङ्गाको १५ औ साधरणसभा सम्पन्न भएको छ ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आथित्यतामा आयोजित साधरणसभामा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष दिपक भट्टराई र बार्षिक प्रतिवेदन अध्यक्ष बालकृष्ण प्रसाईले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख पोखरेलले रेडक्रससग नगरपालिका समन्वय गरेर मानविय हित र कनकाई वाशीलाई परेको साह्रो गाह्रो अप्ठ्यारोमा काम गर्न सधै तत्पर भएको बताउँनुभयो । कनकाई नगरपालिकामा १०० बढी संघ संस्थाहरु रहेका छन जसमध्ये ३० बढीसग कुनै न कुनै रुपमा नगरपालिकाले समन्वय गरेर काम गरिरहेको छ । रेडक्रस जस्तो पवित्र संस्थासग जोडिएर काम गर्न पाउनु नगरपालिकाको पनि सौभाग्य हो नगरप्रमुख पोखरेलले भन्नुभयो । नगरवाशीलाई आपत विपत पर्दा रेडक्रसले सक्दो साथ र सहयोग गरिरहेको समेत पोखरेलले बताउँनुभयो ।

यसैविच कनकाई नगरपालिका क्षेत्रभित्र असिना, हावाहुरी, सामुदायिक कुकुर, वाढी, भुक्षय लगायातका समस्याहरु दैविक विपत्तिका रुपमा रहेको भन्दै रेडक्रस लगायातका संघ संस्थाहरुसग समन्वय गरेर यस्ता विपत्तिबाट थप क्षति नहुनका लागि समन्वय गरेर काम गरिरहेको नगरप्रमुखले बताउँनुभयो । इलामको मैनाचुलीमा बाढीको सुचना दिनका लागि राखिएको सुचना केन्द्रले समेत कनकाईवाशीमा सहि समयमा सहि सुचना दिएर विपतबाट सतर्क रहन मद्धत गरिरहेको र कनकाईका सबै वार्डमा समेत विपतबाट वच्नका लागि समितिनै निर्माण गरि तालिम समेत प्रदान गरिसकिएको पोखरेलले बताउँनुभयो ।
कार्यक्रममा उद्योग बाणिज्य संघ कोशी प्रदेशका उपाध्यक्ष कुमारमणि पोखरेल, नेपाल रेडक्रस सोसाइटी झापाका कोषाध्यक्ष ओमप्रकाश गौतम, कनकाई माविका पुर्व प्रअ निर्मलकुमार खतिवडा लगायातले सुरुङ्गा रेडक्रसले मानविय सेवाको क्षेत्रमा पुर्याएको योगदानको वारेमा चर्चा गर्नुभयो ।
कार्यक्रममा रेडक्रसका संस्थापक अध्यक्ष गेहनाथ उप्रेती, कनकाई सामुदायिक वन समुहका अध्यष ख्याम ओली, धनुषकोटी धामका अध्यक्ष भक्तप्रसाद पौडयालले लगायातको आथित्यतामा रहेको थियो । कार्यक्रम रेडक्रसका सचिव अर्जुन बोहोराको संञ्चालन तथा अध्यक्ष बालकृष्ण प्रसाईको सभापतित्वमा आयोजना गरिएको थियो ।