Kanakai Online

नायक उत्तम प्रधानले दपर्ण छायाको सिक्वेल बनाउने


शुक्रवार, असार ८, २०८० |

कनकाई अनलाईन
नेपाली चलचित्रका नायक उत्तम प्रधानले चर्चित फिल्म दपर्ण छायाको सिक्वेल दपर्ण छाया पछि फेरी बनाउने घोषणा गर्नुभएको छ ।
शुक्रवार आज झापाको काँकडभिट्टामा पत्रकार सम्मेलनको आयोजना गरि प्रधानले आफुले आफ्नै कथा, निर्देशन र लगानीमा १८ बर्ष पहिलेको चर्चित फिल्म दपर्ण छायालाई पुन नयाँ कथामा ल्याउन लागेको जानकारी दिनुभयो । फिल्ममा दपर्ण छायाका निर्देशक तुलसी घिमिरेको साथ र सहयोग रहने र फिल्मका नायक दिलिप रायमाझि, निरुता सिंह समेत फिल्ममा रहने जानकारी दिनुभयो ।
फिल्ममा नयाँ कलाकारका रुपमा सुनिल थापा लगायात रहेको र यसको आधा सुटिङ्ग नेपालको काठमाण्डौ आसपास र आधा सुटिङ्ग भारतको सिक्किममा हुने समेत बताउँनुभयो । सिक्किममा हुनलागेको निर्वाचन सकिनसाथ फिल्मको सुटिङ्ग थालिने समेत प्रधानले जानकारी दिनुभयो । ५ बर्षसम्म सिक्किम चलचित्र बिकास बोर्डका अध्यक्ष समेत रहेर काम गरिसक्नुभएका प्रधानले आफुले नेपालमा दर्पण छायाँ, लहाना, साइनो, मलाई माफ गरिदेउ, मितीनीलगायत ३ दर्जन बढी नेपाली चलचित्र खेलिसकेको भएपनि आफुलाई अझैपनि दर्पण छायाको अन्धोका रुपमा सबैले मनपराएको बताउँदै उक्त फिल्मका माध्यमबाट पुन आफु नेपाली दर्शक सामु आउन लागेको बताउँनुभयो । मलाई चलचित्र क्षेत्रले सम्मान र पदक मान सम्मान र आर्थिक हैसियत समेत दिएको छ तर मैले नेपाली चलचित्र क्षेत्रलाई केहि दिन सकिन यसको क्षतिपुर्ति दपर्ण छायाको दोस्रो भाग बनाएर नेपाली दर्शकलाई दिन चाहन्छु, भारत सिक्किम निवासी नायक प्रधान श्रीमती संगिताका साथमा पत्रकार सम्मेलनमा आउनुभएको थियो । एक अर्को प्रसंगमा हालै विवादित बनेको हिन्दी फिल्म आधिपुरुषले सीता भारतमा जन्मिएको जस्तो गलत .शन्देश जाने वाक्य राखेर ठुलो गल्ती गरेको बताउँनुभयो । धार्मिक ऐतिहासिक र देशका वारेमा फिल्ममा राखिने संवादहरु सत्यतामा आधारित भएन भने यसको ठुलो भ्रम पैदा गर्छ आधिपुरुषमा राखिएका संवादलले समेत विश्वभर भ्रम प्रदा गराएको छ प्रधानले भन्नुभयो ।

प्रधानले आवश्यकता परेमा आफु सिक्किमको राजनीतिमा समेत जान सक्ने भन्दै राजनितिमा गएपनि बर्षमा एउटा मात्रै भएपनि नेपाली चलचित्र निर्माण गरिरहने बताउँनुभयो ।

सम्बन्धित खबर