Kanakai Online

पहिरोमा परि मृत्यु भएका बाबुछोराको शव सेनाको हेलिकप्टरबाट झापा कनकाईमा अन्त्येष्टि


बुधवार, असार ६, २०८० |

कनकाई अनलाईन
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका –६ मेहेलेमा पहिरोमा परी मृत्यु हुनुभएका झापा अर्जुनधारा ६ का एकै परिवारका बाबु छोराको सेनाको हेलिकप्टरबाट शवलाई बुधवार झापा ल्याइएको छ ।
सोमबार बिहान ताप्लेजुङ मुकुभञ्ज्याङ्ग मेहेलेमा पहिरोमा परि ६७ वर्षीय केशरबहादुर राई र छोरा ३६ वर्षीय सुरेश राईको मृत्यु भएको थियो । भने त्यस्तै सोही पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते हुनुभएको थियो ।
घाईते राईको हाल विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ताप्लेजुङ्ग र झापा दुबै स्थानमा घर रहेका राई बाबुछोराको शवलाई घटनास्थलबाट झापा चारआलीस्थित नेपाली सेनाको ब्यारेकसम्म सेनाको हेलिकप्टरबाट ल्याइएर पोस्ट म्याटम गरि बुधवार कनकाई माईमा अन्तिम सस्कार गरिएको मृतकका आफन्त तथा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबेले जानकारी दिनुभयो ।
अर्का घाईतको भने नेपाल सेनाकै हेलिकप्टरबाटै थप उपचारका लागि बिराटनगर लगिएको छ ।

सम्बन्धित खबर