Kanakai Online

कम अपेक्षाबीच सफल हुने प्रयासमा नेपाल


बुधवार, असार ६, २०८० |

प्रजित शाक्य
साफ च्याम्पियनसिप नेपाली फुटबलको स्तर जाँच्ने प्रतियोगिता मानिन्छ । त्यसैले साफ च्याम्पियनसिप हुँदा नेपाली फुटबल टिमबारे अनेक चर्चा परिचर्चा हुने गर्दछ ।

हरेक पटक यस प्रतियोगितामा भाग लिँदा नेपाली समर्थकले कम्तीमा फाइनलमा खेलेको हेर्ने सपना देखेका हु्रन्छन् । माल्दिभ्समा भएको पछिल्लो संस्करणमा नेपाल पहिलो पटक च्याम्पियन बन्ने सङ्घारमा थियो । तर भारतसँग हारेपछि नेपालको साफ जित्ने सपना चकनाचुर भयो । यद्यपि सो समय नेपालको फाइनल प्रवेश पनि पहिलो नै थियो ।

नेपाली फुटबल पुनः साफ च्याम्पियन्सीपको अभियानमा भारतको बेङ्गलोरमा रहेको छ । यसअघिका १३ संस्करणमा प्रत्येक पटक उपाधिको दावेदारको रुपमा रहने नेपाललाई यसपालि भने ठूलो भाउ दिइएको छैन । नेपाली समर्थकहरुले पनि खासै आप्mनो टिमबाट खासै अपेक्षा गरेको छैन । यसका केही कारण छन् ।

सबभन्दा पहिले त नेपाली राष्ट्रिय टिम अहिले रुपान्तरणको स्थितिमा छ । राष्ट्रिय टिममा रहेका दर्शन गुरुङ, सन्तोष तामाङ, सुजल श्रेष्ठलगायत एक दजनभन्दा बढी खेलाडीको विदेश पलायनले प्रशिक्षक भिन्सेन्जो अलवर्टो एनिसलाई नयाँ खेलाडी खोज्नुपर्ने समस्या आयो ।

पछिल्लो साफमा खेल्दा टिममा रहेका कप्तान किरणलिम्बुसहित दीप कार्की, विशाल श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, पुजन उपरकोटी, अन्जन विष्ट, आयुष घलान, मनिष डाँगी, नवयुग श्रेष्ठ मात्रै अहिलेको टिममा हुनुहुन्छ । एरिक विष्ट, नविन लामा, आवास लामिछाने र आशिष चौधरी, सनिश श्रेष्ठ, मणिकुमार लामा, दिपकराज सिंह ठकुरी, लकेन लिम्बु। विमल पाण्डे र सिमान्त थापाको यो पहिलो साफ हुनेछ ।

यसैगरी साफ च्याम्पिन्सीपको तयारी पनि यसपालि खासै राम्रो भएन । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले राष्ट्रिय टिममा लागि खलाडीलाई बोलाएपनि क्लबहरुले खेलाडी रिलिज गर्न नमानेपछि बन्द प्रशिक्षण दुई दिन मात्र चलेको थियो । त्यसपछि फिलिपिन्ससँगको मैत्री खेलमा पनि नेपाल १–० ले पराजित भयो । यद्यपि नेपाली टिमले सो खेलमा ठिकठाक प्रदर्शन गरेको थियो ।

यसैगरी साफ च्याम्पियन्सीपमा यसपालि कुवेत र लेवनानजस्ता बलिया देशलाई आमन्त्रित टिमको रुपमा साफमा प्रवेश गरिएको छ । फिफा वरीयतामा लेवनान ९९ र कुवेत १४३ औँ स्थानमा रहेका छन् ।

जसमध्ये कुवेत नेपालकै समूह रहेको छ । नेपाल समूह एमा परेको छ । जुन समूहमा गत विजेता भारत, पाकिस्तान र आमन्त्रित टिम कुवेत पनि रहेका छन् । समूह बीमा अर्का आमन्त्रित देश लेबनान, बङ्गलादेश, माल्दिभ्स र भुटान छन् ।श्रीलङ्का भने फिफाको निलम्बनका कारण यसपालिको साफमा हुने छैन ।

कुवेतविरुद्ध नेपालले अहिलेसम्म खेल जित्न सकेको छैन । भारत साफ च्याम्पियन्सीपअघि घरेलु मैदानमा भएको इन्टर कन्टिनेन्टल कप फुटबल प्रतियोगिताको च्याम्पियन बन्ने क्रममा फाइनलमा लेवनानलाई हराएर उपाधि रक्षा गर्न आफ्नो टिम तयार रहेको संकेत दिइसकेको छ ।

भारत सर्वाधिक आठ पटकको च्याम्पियन पनि हो । पाकिस्तान पनि यसपालि विदेशमा खेल्ने पाकिस्तानी मुलका खेलाडीका साथमा बलियो देखिन्छ । यसैगरी, पाकिस्तान फिफा निलम्बन फुकूवापछि पहिलो पटक साफ खेल्दैछ । त्यसैले पनि नेपाललाई समूह चरण पार गर्न निकै कठिन हुने अनुमान गरिएको छ ।

तर अपेक्षा नगरेको समयमा प्राप्त सफलताले अझ बढी खुशी दिने गर्दछ । नेपाली फुटबल समर्थक अहिले आप्mनो टिमबाट साफ च्याम्पियन्सीपमा त्यस्तै खुशीको आशा गर्दैछ ।

कुवेतविरुद्ध खेल्दै सुरुवात

नेपालले बुधबार ९आज० उद्घाटन दिन फिफा वरीयतामा १४३ औँ स्थानमा रहेको कुवेतसँग खेल्दै साफको सुरुवात गर्दैछ । इतिहास हेर्ने हो भने कुवेतसँग नेपालले अहिलेसम्म खेलेका नौमध्ये आठमा पराजित भएको छ । एक खेल बराबरीमा सकिएको छ ।

सन् १९८२ मा एसियाली खेलकुदअन्तर्गत नयाँ दिल्लीमा नेपालले पहिलो पटक कुवेतविरुद्ध खेलेको हो । कुवेतसँग ३–१ ले हारेपछि वाइबी घलेले सो खेलमा ऐतिहासिक गोल गर्नुभएको थियो । जुन नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

त्यसपछि पछिल्लो पटक सन् २०२२ जुनमा नेपालले कुवेतविरुद्ध खेलेको थियो । सो खेलमा नेपाल ४–१ ले हार्यो । जसमा नेपालका लागि दर्शन गुरुङले गोल गर्नुभएको थियो । कुवेतविरुद्ध ४० वर्षपछि नेपालले गोल प्राप्त गरेको हो । कुवेतविरुद्ध अहिलेसम्म गोल गर्ने नेपाली खेलाडी घले र दर्शनमात्र हुनुहुन्छ ।

यसबीच सन् १९८६ मा भएको एसियाली खेलकुदमा ५–०, १९९४ मा भएको एसियाली खेलकुदमा ८–०, सन् २००० मा भएको एसिया कप छनोटमा ५–०, सन् २०१९ मा भएको विश्वकप छनोटमा ७–०, सोही वर्ष भएको विश्वकप छनोटमा १–० ले नेपालले कुवेतसँग हार वेहोरेको थियो । सन् २०१९ मा भएको दुई अन्तर्राष्ट्रिय मैत्री खेलमा भने नेपालले कुवेतलाई राम्रो टक्कर दियो । एक खेलमा १–० ले हारपनि अर्को खेल गोलरहित बराबरीमा सकिएको थियो ।

‘टिम सकारात्मक मानसिकतामा छ’

नेपालका प्रशिक्षक ऐनिस बलियो विपक्षी भएपनि कुवेतविरुद्ध खेल्न तयार छु, भन्नुभयो । तयारीको समय थोरै पाएँ । तर म सकारात्मक छु, टिम सकारात्मक मानसिकतामा छ । फिलिपिन्सविरुद्धको मैत्री खेलले पनि सहयोग पुर्याउनेछ । यसैगरी खेलाडीहरु दुरुस्त छन् । जुन महत्वपूण कुरा हो, उहाँले भन्नुभयो ।

प्रशिक्षक एनिसका अनुसार फिलिपिन्सविरुद्ध हारेपनि उहाँले सो मैत्री खेलबाट टिमबारे बुझ्ने अवसर पाउनुभएको छ । फिलिपिन्मा नेपाल राम्रो खेल्दाखेल्दा पनि १–० ले पराजित भएको थियो । सो खेलमा लकेन लिम्बु र विमल पाण्डेले अन्तर्राष्ट्रिय फुटबलमा पदार्पण गर्नुभयो । प्रशिक्षक एनिसले नयाँ अनुभव पनि टिममा चाहिन्छ भन्नुहुन्छ । यी खेलाडी मात्र होइन मेरो पनि यो पहिलो ठूलो प्रतियोगिता हो । यसबाट मैले पनि ठूलो अनुभव लिनेछु ।

एनिसका लागि भारतीय भूमि नयाँ होइन । उहााले गोकुलम केरलालाई दुई पटक आइलिग जिताउनुभएको छ । इन्डियन सुपर लिग–आइएसएल०मा पनि उहाँले प्रशिक्षण दिनुभएको छ ।

यसैगरी, ईजिप्टको कायरोमा साफ च्याम्पियन्सीपमा आमन्त्रण गरेकोमा आयोजकलाई धन्यवादन दिँदै आफूहरु ठूलो उपलब्धि हासिल गर्न भारत आएको बताउनुभयो । बुधबार ९आज० नै भारत र पाकिस्तानबीच पनि खेलहुनेछ ।