Kanakai Online

चार लाख घुस रकमसहित दमक सडक विभागका तीन कर्मचारी पक्राउ


मङ्गलवार, असार ५, २०८० |

कनकाई अनलाइन
काठमाडौं, असार ५ गते । ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन जना कर्मचारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र इटहरीबाट खटिएका टोलीले सडक आयोजनाका व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रवीन्द्र कुमार शर्मा, लेखापाल हिमाल पौडेललाई घुस रकमसहित नियन्त्रणमा लिएको जानकारी अख्तियारका प्रवक्ता भोला दाहालले दिनुभयो ।

सडक निर्माण कार्यको अन्तिम सहजीकरण गरेबापत सेवाग्राहीसँग चार लाख घुस लिएको अवस्थामा आयोगको टोलीले प्रमाणसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका कर्मचारीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।