कनकाई अनलाईन
काठमाडौं हाम्रो खेलकुद – नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत दोस्रो खेलमा मंगलबार अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२, ४५ मा सुरु हुनेछ ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । अमेरिका वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो । टेस्ट टोलीविरुद्ध पहिलो खेलमा दुबै टोलीले उत्कृष्ट प्रदर्शन गरेका हुँदा मनोबल उच्च छ । नेपालले जिम्बावेविरुद्ध उत्कृष्ट ब्याटिङका बाबजुद पराजित भएको थियो । त्यसैले अमेरिकाविरुद्ध नेपालले बलिङ बलियो बनाउन खेलाडीमा परिवर्तन गर्ने सम्भावना छ ।
नेपालले जिम्बावेको खेलबाट टोलीमा एक परिवर्तन गर्ने सम्भावना छ । तीव्र गतिका बलर करण केसीको स्थानमा नेपालले ललित नारायण राजवंशीलाई मौका दिनसक्छ । ललितले पछिल्लो समय ओडिआई खेलमा पावर प्ले र मध्यक्रममा लगातार विकेट लिँदै आएका छन् । करणले जिम्बावेविरुद्ध ४ ओभरमा २६ रन खर्चेका थिए ।
नेपालले गुलशन झालाई भने विश्वास गर्दै निरन्तरता दिने देखिन्छ । पछिल्लो समय नेपालले करण र गुलशनलाई खेल अनुसार परिवर्तन गर्दै आएको थियो । अघिल्लो महिना एसिसी प्रिमियर कपको फाइनल खेलमा गुलशनले ब्याटिङमा सानदार प्रदर्शन गरेपछि निरन्तरता दिने देखिन्छ । यो अवस्थामा टोलीमा करण मात्रै परिवर्तन गर्न सक्ने नाम देखिन्छ ।
तकाशिंगा स्पोर्ट्स क्लबमा अमेरिकाका स्पिनर स्टिभ टेलरले वेस्टइन्डिजविरुद्ध राम्रो प्रदर्शन गर्दै तीन विकेट लिएका थिए । त्यसैले ललितलाई नेपालले मौका दिनसक्छ । ललितले पावर प्लेमा लगातार विकेट लिँदै आएका छन् । नयाँ बलको साथ इनिङको सुरुवात पनि गर्दै आएका छन् ।
नेपालको ब्याटिङमा कुनै परितवर्तनको सम्भावना छैन । त्यसैले ज्ञानेन्द्र मल्लले मौका पाउने सम्भावना कमछ । पहिलो खेलमा जिम्बावेविरुद्ध कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ३१।१ ओभरमा १ सय ७१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । कुशल ९९ र आसिफ ६६ रनमा आउट भएका थिए । यी दुई ओपनरबाट नेपाल त्यस्तै सुरुवात चाहन्छ । नेपालको प्लेइङ ११ मा ललित बाहेक अन्य सबैले ब्याटिङ गर्ने क्षमता राख्नेछन् ।
भीम सार्की, रोहित पौडेल, कुशल मल्ल र आरिफ शेखलाई नेपालले ब्याटरको रुपमा मैदान उतार्ने छ । तल्लोक्रममा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र सन्दीप लामिछाने हुनेछन् । नेपालले सामान्य अवस्थामा भीमलाई तेस्रो, रोहितलाई चौथो र कुशल मल्ललाई पाँचौं नम्बरमा खेलाउने छ । टिमको ब्याटिङ अनुसार परिवर्तन गर्नसक्छ ।
नेपालको तीव्र गतिको बलिङ आक्रामण गुलशन र सोमपाल कामीले सम्हाल्ने छन् । सोमपालमाथि जिम्मेवारी बढी हुनेछ । उनी पहिलो खेलमा घाइते भएका थिए । दोस्रो खेलमा फिट हुने अनुमान गरिएको छ । यदि सोमपाल फिट नभएको खण्डमा भने करण खेल्नेछन् । आरिफ तेस्रो तीव्र गतिका बलरको विकल्पमा हुनेछन् ।
नेपालले पछिल्लो खेलमा ललितको स्थानमा दीपेन्द्रलाई मौका दिएको थियो । दीपेन्द्रले बलिङ, फिल्डिङ र ब्याटिङ तीनै क्षेत्रमा राम्रो गर्ने हुँदा निरन्तरता दिने देखिन्छ । सन्दीपले जिम्बावेविरुद्ध १० ओभरमा ७७ रन खर्चिदा विकेट लिन सकेका थिएनन् ।
सन्दीप प्रमुख बलर हुँदा उनको प्रदर्शन महत्वपूर्ण हुनेछ । सन्दीप र ललित प्रमुख स्पिनरको रुपमा खेल्नेछन् । दीपेन्द्र र कुशल मल्ल पार्टटाइम स्पिनरको रुपमा खेल्नेछन् । अर्कोतर्फ नेपालले टोली र खेलाडीलाई थप विश्वास दिन जिम्बावेविरुद्धको टोलीलाई निरन्तरता दिन सक्ने सम्भावना पनि छ ।
नेपालको सम्भावित प्लेइङ ११ स्
आसिफ शेख ९विकेटकिपर०, कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, ललित नारायण राजवंशी र सन्दीप लामिछाने ।