Kanakai Online

झापामा एक कैदीबन्दीको मृत्यु


सोमवार, असार ४, २०८० |

कनकाई अनलाईन
झापामा एक कैदीबन्दीको मृत्युु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका–६ निवासी २८ वर्षीय दिपेन्द्र भन्ने देवेन्द्र थापा रहेको झापा जिल्ला कारागार भद्रपुरले जनाएको छ ।
आइतवार साँझ उनको स्वास्थ्यमा समस्या देखिएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको झापा कारागार प्रमुख मोहनलाल पनेरुले जानकारी दिनुभयो । लागूऔषध मुद्दामा २०७८ साल असार १६ गतेदेखि कारागारमा जेल बिताइरहेका थापाको कैद समयावधि ५ बर्ष रहेको थियो ।