कनकाई अनलाईन
संघिय सक्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी एकीकृतले कोशी नाम खारेजी आन्दोलन परिचालन समिति बनाएको छ ।
आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त पार्टीले कोशी सरकारलाई पुर्न नामकरण गर्न चेतावनी दिएको हो ।
पार्टीका केन्द्रिय सदस्य धनबहादुर पंन्धाकको संयोजनमा भएको आन्दोलन परिचालन समितिले नेपालमा २०६२÷६३ को आन्दोलन र देशका विभिन्न लिम्बुवान, मधेस, थरुहट लगायातका विभिन्न आन्दोलनको मर्मअनुसार देशमा प्रदेशको नामकरण गर्दा पहिचान सहितको संघियताको मुल मर्मलाई आत्मसाथ नगरेको उक्त पार्टीको ठहर रहेको पार्टीका केन्द्रिय सदस्य पन्धाकले पत्रकार सम्मेलनमा बताउँनुभयो । यसैक्रममा प्रदेश एकको नामकरण गर्दा पहिचान पक्षलाई नामेट हुनेगरि नामकरण गरेकोले कोशी नामको आन्दोलन बिरुद्धमा आन्दोलन पेचिलो बन्दै गएको भन्दै उक्त पार्टीले सरकारले तुरुन्त पुर्ननामकरण गर्न र आन्दोलनरक्त पक्षलाई तत्काल बार्तामा बोलाई उनीहरुको माग सम्बोधन गर्न समेत कोशी सरकारलाई चेतावनी दिइएको छ ।
यसअघि सरकारले आन्दोलनरक्त जातिय मोर्चाहरुलाई बार्तामा बोलाएपनि नागरिक उन्मुक्ति पार्टी समेत यस आन्दोलनमा रहेकोले कोशी सरकारले आफुहरुलाई औपचारिक रुपमा बार्तामा नबोलाएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । सरकार र सम्बन्धित पक्ष बार्तामा बसी पहिचानको नाम सर्वसम्मत रुपमा राखिनुपर्ने उक्त पार्टीको न्युनत्तम माग रहेको उक्त पार्टीको माग रहेको छ । आन्दोलनकारीको जायज माग पुरा नगरि पेल्न खोजीएमा पार्टीले आन्दोलनको आधिबेरी ल्याउने र यसको सम्पुर्ण जिम्मा सरकारपक्षले लिनुपर्ने पत्रकार सम्मेलनमा चेतावनी दिईएको छ । कोशी प्रदेश खारेजीको आन्दोलनलाई प्रदेश सरकारले गैर जिम्वेवार पूर्वक मुकदर्शक बनेर हेरेको नागरिक उन्मुक्ति पार्टीको ठहर रहेको पनि छ ।
नामाङ्कनको सवालमा भइरहेको आन्दोलन प्रति सरकार आफैं आन्दोलनलाई थप हिंस्रक बनाउन उद्धत रहेको पार्टीको ठहर छ । पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सचिव त्रिनाराण राजवंशी लगायातका नेताहरुको सहभागिता रहेको थियो ।