कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकाले धेरै कर तिर्ने नगरबासीलाई उपहार दिन थालेको छ ।
नगरपालिकाले नगरबासीलाई कर तिर्न प्रोत्साहन गर्ने उद्देश्यले एकमुष्ठ २७ सय रुपैयाँ भन्दा बढी कर तिर्ने करदातलाई एक वर्षको वारेन्टी भएको पाँच हजार पर्ने विद्युतीय चुल्हो प्रदान गर्न थालेको हो । तर यस कार्यक्रमको भने चौतर्फी आलोचना भएको छ । नगरपालिकाले हुनेखानेलाई पोसेको भन्दै यस कार्यक्रमको चौतर्फी आलोचना भएको हो । कनकाई नगरपालिकामा हालपनि ५ हजार बडी परिवारले जग्गा धनीपुर्जा पाएका छैनन ।
कनकाई नगरपालिकामा धनीपुर्जा बितरण्को काम थालेको ६ बर्षमा समेत बल्ल ६० जनाले धनीपुर्जा पाएका छन । यसरी बढी कर तिर्नेलाई उपहार दिन थालेसगै नगरपालिकाले हुदा खानेलाई धनीपुर्जा समेत नदिएको तर हुनेखाने र बढी कर बुझाउनेलाई उपहार दिएको भन्दै सामाजिक संञ्चालमा समेत चर्को विरोध सुरु भएको छ । कनकाई नगरपालिकामा कम्युनिष्ट स्थानीय सरकार रहेको छ । कांग्रृेस सरकारले समेत विवि विचारलाई अनुशरण गर्ने र समाजवादीको रटान लगाउदा पनि नथाक्ने सरकार प्रमुखहरुका यस्ता कार्यक्रमहरुले समाजवादको मार्गचित्र कसरी पुरा गर्छन भन्ने प्रश्न उब्जाएको समेत छ ।
यता नगर प्रमुख राजेन्द्र पोखरेलले समयमै सबैभन्दा धेरै सम्पत्ति कर तिर्ने करदातालाई इन्डक्सन चुल्हो उपहार स्वरुप प्रदान गरिएको जानकारी दिनुभयो । पहिलो चरणमा नगरका नौ वटै वडाका ६ सय ९७ जना उत्कृष्ट करदाता नगरबासीलाई इन्डक्सन चुल्हो प्रदान गरिने पोखरेलको भनाइ छ ।
सोही क्रममा मंगलबार वडा नं। १ बाट एक अौपचारिक कार्यक्रम गरी चुल्हो उपहार कार्यक्रम शुरु भएको छ । कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, वडाध्यक्ष सुशीलकुमार पोखरेल लगायतका जनप्रतिनिधले एक सय ६७ जनालाई चुल्हो प्रदान गर्नुभएको थियो ।
क्रमशः उत्कृष्ट करदातालाई नगरपालिकाले अन्य उपहार प्रदान गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो । यसले नगरबासीलाई समयमै वास्तविक कर तिर्न प्रोत्साहन मिल्ने उहाँको भनाइ छ ।
समयमै मापदण्ड अनुसारको कर तिर्ने करदातालाई अन्य यस्ता धेरै उपहार प्रदान गरिने नगरपालिकाका जिन्सी शाखा प्रमुख भोजराज आचार्यले बताउनुभयो ।
वडा नं। १ का अध्यक्ष सुशीलकुमार पोखरेलको अध्यक्षता तथा नगर प्रमुख राजेन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा भएको चुल्हो बितरण कार्यक्रममा स्वागत वडा सदस्य हरिकुमार राईले गर्नुभएको थियो भने सञ्चालन वडा सदस्य निर्मला खड्काले गर्नुभएको थियो ।