Kanakai Online

कनकाई ४ मा १०७ महिलाको पाठेघरको मुखको क्यान्सर जाँच


सोमवार, जेठ २९, २०८० |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका वडा नं। ४ मा एक दिवसीय महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धि स्किनिङ्ग क्याम्प सम्पन्न भएको छ ।

कनकाईनगरपालिा ४ नम्बरको आयोजना तथा बि एण्ड सी पुर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा सोमबार बडा कार्यलय परिसरमा उक्त स्किनिङ्ग क्याम्प सम्पन्न भएको हो ।
स्किनिङ्ग क्याम्पमा १ सय ७ जना वडाबासी महिला दिदी बहिनीहरुले स्वास्थ्य परिक्षण गराउनु भएको र उक्त परिक्षणको रिपोर्ट हप्तादिन पछी प्राप्त हुने जनप्रतिनिधि कार्यपालिका सदस्य लक्ष्मी कटुवालले जानकारी दिनुभयो ।

गरिबीको रेखा मुनि अधिकाम्स नागरिक भएको हाम्रो देशमा आर्थिक अभावमा रोग पालेर बस्नु पर्ने अवस्था रहेको र कष्टकर जीवन विताउनु पर्ने साथै छोटो समयमै मृत्यु समेत हुन सक्ने भएकोले यस्तो समस्याको अन्त्य गर्न वडाको तर्फबाट मानिसलाई रोग लाग्नु भन्दा पनि रोगलाग्न बाट बच्ने उपाय बारे समय समयमा सचेतना मुलक कार्यक्रम गर्दै र वडा बासीको स्वास्थ्य परिक्षण गर्दै जाने क्रममा यश पटक महिला लक्ष्यित कार्यक्रम एक दिवसीय महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धि स्किनिङ्ग क्याम्प संचालन गरिएको कनकाई बडानम्बर ४ का बडा अध्यक्ष रोशन सुवेदीले जानकारी गराउनु भयो । परिक्षणको रिपोर्टमा जटिल समस्या देखिएमा त्यस्ता समस्या देखिएका र‍ोगीको उपचारमा समेत वडाले आवाश्यक सहजिकरण गर्ने पनि अध्यक्ष सुवेदिले जानकारी गराउनु भयो । यसैबीच सुवेदीले गरिब , अशक्त तथा अशाय , महिला , बालबालिका तथा जेष्ठ नागरिक हरुलाई प्राथमिकतामा राखेर थप कार्यक्रम ल्याउने समेत बताउनुभयो ।

क्याम्पमा प्राविधिक सहयोग गरेको बि एण्ड सी पुर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको स्त्रीरोग बिशेषज्ञ डा। सरस्वती गुरुङले पाठेघरको क्यान्सरको लक्षण सामान्य अवस्थामा नदेखिने र जटिल अवस्थामा देखिने हुदा यश प्रति सचेत हुदै कम्तीमा पनि ३ , ३ बर्षमा परिक्षण गर्नु पर्ने वताउनु भयो ।

कार्यक्रममा सहजिकरण गर्दै कनकाई नगर स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दङ्गालले नगरका नागरिकको स्वास्थ्य प्रति नगर सधै उत्तरदायी बन्दै समय समयमा विभिन्न रोगको परिक्षण तथा निशुल्क अौषधी बितरण गर्दै आएको र आगामी दिनमा पनि यश किसिमका कार्यक्रमलाई प्राथमिकता राखेर अगाडि बढ्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै वडा नं ४ की महिला लक्ष्यित उपभोक्ता समितिकि अध्यक्ष राम जी देवी गौतमले वडाले महिला लक्ष्यित कार्यक्रमलाई प्राथमिकता दिदै पाठेघर जस्तो सम्वेदनशिल अङ्ग परिक्षणको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि महिला लक्ष्यित उपभोक्ता समितिले वडा संग समन्वय गरेर यस्ता कार्यक्रम ल्याउने वताउनु भयो ।

सम्बन्धित खबर