कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका सुरुङ्गामा एक दिने वित्तीय साक्षरता तालिम तथा केन्द्र प्रमुखहरुसगको गोष्ठी आज आयोजना गरिएको छ ।
सुरुङ्गा जेसीज हलमा आयोजना गरिएको उक्त तालिममा हाल लघुवित्त तथा सहकारीहरुका वारेमा भइरहेका अनर्गल हल्ला लगायातका विषयमा आशा लघुवित्तका विभागिय प्रमुख रविन खतिवडाले सहभागिहरुलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो । तालिममा आशा लघुवित्तका सुरुङ्गा साखाका ११० केन्द्रमध्ये ७१ केन्द्रका केन्द्राध्यक्षहरुको सहभागिता रहेको थियो । जहाँ आशा लघुवित्तका सेवा प्रवाह ऋण प्रवाह, विना धितो धितो, धितो लीलामी, कालोसुची र राष्ट्र बैँकको निर्देशन निर्देशिका र आर्थिक कारोवार गर्दा अपनाउनुपर्ने जानकारी र बैङकिङ सजगताका वारेमा जानकारी गराउँनुभएको थियो ।
कनकाई नगरपालिका वार्डनम्बर ३ का वडाअध्यक्ष युवराज चम्लगाईको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा बैँकका एरिया मेनेजर विशाल पहाडी, साखा प्रमुख भोलाप्रसाद ठाकुर लगायातले बैँकका कर्मचारी र ऋणिले पालना गनुपर्ने नियम कानुन, चेक बाउन्स र बैङिङ्ग कसुर, धितो लिलामी प्रत्रिया र हाल बजारमा चलिरहेका अनर्गल हल्लाका वारेमा प्रकाश पार्नुभएको थियो ।