Kanakai Online

करणी गरेको अभियोगमा कनकाई ३ डेरा गरी बस्ने राई पक्राउ


शुक्रवार, जेठ २६, २०८० |

कनकाई अनलाईन
झापा २२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कनकाई नगरपालिका(३ डेरा गरी बस्ने भोजपुर दिङ्ला गाउँपालिका ५ घर भएका २३ वर्षीय उज्वल राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घुमफिर गर्न घरबाहिर निस्किएकी ती किशोरीलाई राईले मंगलबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर