कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ३ सुरुङ्गास्थित कनकाई टोलबाट अबैध ब्राउन सुगरसहित २ जनालाई इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको छ ।
बिहिवार राती करिव साढे ९ बजेको समयमा झापा गाउँपालिका ४ मा घरभई हाल कनकाई नगरपालिका ३ कनकाई टोलमा डेरा गरि बस्ने बर्ष २६ को करन चौधरीको कोठामा लागुऔषध खरिदविक्री हुदैछ भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले छापा मारि चौधरी र अर्का कनकाई नगरपालिका ४ निवासी मुस्ताक अन्सारीलाई १ ग्राम ८०० मिलिग्राम ब्राउन सुगरसहित फेला पारेको छ । पक्राउ परेका दुबैलाई हाल थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।