फणिन्द्र फुँयाल ज्वाला
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमणका क्रममा भारतले नेपाललाई १५ वटा मुर्रा प्रजातिका राँगा उपलब्ध गराउने विषयले यतिबेला, नेपाली समाज, सञ्चारमाध्यम, सामाजिक सञ्जाल, सदन–सरकार सबैतिरबाट चासो व्यक्त भइरहेको छ । नेपालमा भैँसीको नस्ल सुधारका लागि अघिल्ला सरकारले नै मागेको र अहिले भारतले आफू भ्रमणमा जाँदा उपलब्ध गराउने प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डले भारतबाट फर्किएलगत्तै त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलन र सङ्घीय संसद्मा स्पष्ट जवाफ दिइसक्नु भएको छ ।
विशेष गरी सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० सहित राप्रपा, नेमकिपा, रास्वपा र केही स्वतन्त्र सांसदले मुर्रा राँगा ९भैँसी०का बारेमा टीकाटिप्पणी गरेपछि यो विषयले चर्चा पाएको हो तर यी मुर्रा जातका राँगा प्रधानमन्त्री प्रचण्ड स्वयम्ले भारतसँग माग्नुभएको भने होइन । प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद् बैठकमा आफूले मुर्रा मागेको नभई विगत सात वर्षअघिको सरकारले मागेको र सोही अनुरूप भारतले प्रदान गर्न लागेको जवाफ दिनुभएको छ ।
यस विषयमा विगतको सरकारले के निर्णय गरेको थियो भनेर राजनीतिक दल र मिडियाले अध्ययन गर्न जरुरी छ । अध्ययन गरेर बोलिएका विषय वस्तुले तर्क दिन्छ, तर बिनाअध्ययन बोलिएका तथ्यहीन कुराले आपसमा कलह र वैमनस्यता मात्र सिर्जना गर्छ । संविधानको सफल कार्यान्वयन गर्दै सुशासन, आर्थिक वृद्धि, रोजगारीको सिर्जना आदिमा तल्लीन रहनुभएका प्रधानमन्त्री प्रचण्डलाई कसरी खुट्टा तान्न, खुइल्याउन र हतोत्साहित पार्न सकिन्छ भनेर केही राजनीतिक दलका नेता अघि सरेका छन् । आखिर यस्ता विषय एकैछिन उठेर फुट्ने पानी फोका मात्र हुन् । हत्केलाले सूर्यलाई छेक्न सकिन्न भनेझैँ सत्यतालाई पनि ढाकछोप गर्न केही दिन त सकिएला त तर एक दिन त्यो सबैका सामु घाम झैँ छर्लङ्ग प्रकट हुन्छ नै ।
यद्यपि प्रधानमन्त्रीले मुर्रा राँगा माग्नुभएकै भए पनि बिग्रनेवाला केही थिएन । आखिर यसअघिको सरकारले पनि मागेकै त हो । एक असल र धनी छिमेकी मुलुकले अर्को गरिब तथा विकासोन्मुख छिमेकी मुलुकलाई आफ्नो देशमा उत्पादन भएका पशु, प्रविधि आदि उपहारस्वरूप प्रदान गर्दा दुई देशबिचको मित्रता र कूटनीतिक सम्बन्ध अझै प्रगाढ हुन्छ । यसो त नेपालले पनि केही वर्षअघि चीनलाई उपहारस्वरूप एकजोर जलगैँडा पठाएको थियो । आर्थिक रूपमा सङ्कटग्रस्त छिमेकी देश श्रीलङ्काले पनि चीनमा एक लाखसम्म लोपोन्मुख बाँदर निर्यात गर्नेबारे विचार विमर्श गरिरहेको छ । अध्ययनका लागि एक समितिसमेत गठन गरिएका समाचार बाहिरिएका छन् ।
भारत सरकारबाट नेपाललाई उपलब्ध गराउने भनिएको मुर्रा जातको राँगाको समझदारीका सन्दर्भमा नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालयले पनि स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार सन् २०१८ मा नेपालमा भएको नेपाल–भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा भएको निर्णयानुसार नेपाल सरकारकाबाट विभिन्न समयमा औपचारिक÷अनौपचारिक तवरबाट भारत सरकारसँग ३० वटा उच्च प्रजनन मानका मुर्रा राँगा उपलब्ध गराउन अनुरोध भएको थियो । यसै सन्दर्भमा भारतले १५ वटा राँगा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो ।
मुर्राको विशेषता
सामान्यतया मुर्रा भनिए पनि खासमा यो मुर्राह भैँसी हो । यो मुख्यतया दुध उत्पादनका लागि राखिएको पानी भैँसीको एक जात हो । यो भारतको हरियाणा र पन्जाब पाइन्छ । यो भिवानी, आगरा, हिसार, रोहतक, जिन्द, झाझर, फतेहाबाद, गुडगाउँ र राजधानी दिल्ली क्षेत्रका जिल्लामा बढी मात्रामा पाल्ने गरेको पाइन्छ । यो इटाली, बुल्गेरिया र इजिप्टजस्ता अन्य देशहरूका डेरीमा भैँसीको दुध उत्पादन सुधार गर्न प्रयोग गरिएको छ । पन्जाबको लक्ष्मी डेरी फार्ममा रहेको मुर्रा भैँसीले २०१६ को राष्ट्रिय पशुधन प्रतियोगिता र प्रदर्शनीमा २६।३३५ किलोग्राम ९५८।०६ पाउण्ड० दुध दिएको कीर्तिमान बनाएको थियो । ब्राजिलमा पनि भैँसीको यो नस्ल मासु र दुध दुवै उत्पादन गर्न प्रयोग गरिन्छ ।
हाल भारतमा मुर्रा जातको एउटा भैँसीलाई ९० हजारदेखि डेढ लाख भारूसम्म पर्छ । विज्ञहरूका अनुसार मुर्रा भैँसी सबैभन्दा उत्पादनशील भैँसी नस्ल हो । भारतीय भैँसी नस्लमध्ये मुर्रा सबैभन्दा बढी दुध उत्पादन भएको उल्लेख गरिएको छ । मुर्रा भैँसी कालो रङ्गका, चिल्ला, मोटाघाटा र खाइलाग्दा हुन्छन् । कहिलेकाहीँ अनुहार वा खुट्टामा सेता दाग हुन्छन् । तिनीहरूका आँखा काला हुन्छन् । यी सव्रिmय हुन्छन् तर राँगा अलिकति सङ्कुचित हुन्छन् । यी भैँसीहरूको घाँटी लामो र पातलो र राँगाहरूको बाक्लो र ठुलो हुन्छ । तिनीहरूका कान छोटा र पातला हुन्छन् ।
कहाँ राखिन्छन् राँगा रु
भारतबाट प्राप्त राँगालाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय ९पोखरा, नेपालगन्ज र लहान० व्यवस्थापन गरी उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी कृषकलाई कृत्रिम गर्भाधान कार्यका लागि उपलब्ध गराइने कृषि तथा पशुपन्छी मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलको भनाइ छ ।
भारत सरकारबाट प्राप्त हुने उच्च प्रजनन मानका यी राँगाको प्राविधिक पक्ष निरीक्षणका लागि विज्ञ एवं प्राविधिक छिट्टै भारतस्थित सम्बन्धित सरकारी फर्ममा जाने तयारीमा रहेका छन् । यसरी वस्तुगत रूपमा सहायता स्वरूप प्राप्त हुने प्रजनन मानका १५ वटा राँगाबाट तीन वर्षपश्चात् वार्षिक कम्तीमा १।५ लाख डोज वीर्य उत्पादन भई कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नस्ल सुधारमार्फत भैँसीको दुध उत्पादनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।
लेखक पत्रकारिता एवं प्राध्यापनमा संलग्न हुनुहुन्छ ।