Kanakai Online

दमक नगरपालिकाका सवारी चालकको अचानक निधन, भोली शोक विदा


बिहिवार, जेठ २५, २०८० |

कनकाई अनलाईन
दमक नगरपालिकाले नगरपालिकाका कर्मचारी नगरप्रमुखका सवारी चालक प्रकाश भण्डारीको निधनमा भोली शुक्रबार नगरपालिका कार्यालय र मातहतका सबै कार्यालयहरुमा शोक विदा हुने भएको छ ।


बिहिबार अचानक मृत्यु भएका भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै सो कार्यालय र मातहतका कार्यालयहरुमा लागू हुने गरी शुक्रबार एक दिन बिदा दिएको हो । नगरपालिकाका तर्फबाट प्रशासकिय अधिकृत यज्ञराज निरौलाले हस्ताक्षर गरी बिहिबार साँझ जारी गरेको सूचनामा त्यस्तो जनाइएको हो । दमक २ निवासी भण्डारीको आज दिउँसो नगर प्रमुख रामकुमार थापा सवार नगरपालिकाको गाडी लिएर विराटनगरमा प्रदेश सरकारको एक कार्यक्रममा सहभागी हुन गएको बखत कार्यस्थलमै ह्दयघात भई मृत्यु भएको थियो । सवारी चालकको कार्यस्थलमै निधन भएकोले नगरपालिकाले शोक विदा दिइएको हो ।

सवारी चालक भण्डारीको निधन भएकोले सरकारी तथा संस्थागत सवारी चालकहरुमा ठुलो क्षति पुगेको संस्थागत तथा सरकारी सवारी चालक संघका जिल्ला सल्लाहकार रोहित कोईरालाले बताउँनुभयो ।

सम्बन्धित खबर