कनकाई अनलाईन
जेष्ठ १७ गते सम्पन्न २५ औं कार्यपालिकाको निर्णय कार्यान्वयन गर्दै कनकाई नगरपालिकाले यहि श्रावण १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गर्ने भएको छ ।
कनकाई नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको नगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा कडाइ गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेलेले बताउँनुभयो ।
चुरोट, गुट्खा, खैनीलगायतका सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरलगायतका रोग लाग्नुका साथै फोहोरसमेत हुने भएकाले नगरपालिका कठोर रुपमा उत्रिएको प्रशासकीय अधिकृत विवेक भण्डारीले बताउनुभयो ।
सुर्तीजन्य पदार्थको खोलले नगरपालिकाको सरसफाईमा ठूलो चुनौती सिर्जना गरेको समेत उहाँको भनाइ थियो ।
कनकाई नगरवासीका रहेका सम्पूर्ण राजनैतिक दलको समेत केही महिना अगाडी छलफल कार्यक्रममा स्वास्थ्य र सरसफाई प्रति चिन्तित हुँदै सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्न साथ रहने भनी हस्ताक्षर गरिएको र उक्त हस्ताक्षरलाई नगरपालिकाको देखिने स्थान राखिएको विजय पाठकले जानकारी दिए ।
मेयर राजेन्द्र कुमार पोखरेलले कनकाई नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा साथ दिन नगरवासीलाई आग्रह गरेका छन् साथै सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरण माथि गरिएको निषेधको निर्णयलाई कार्यान्वयन गर्न नगरवासीलाई पोखरेलको आग्रह छ ।