Kanakai Online

७० लाखको वडा कार्यालय भवन चारैतिर चर्किए पछि टालटुल,जनताको आँखामा छारो


आइतवार, जेठ २१, २०८० |

झापा/ झापा बुद्धशान्ति २ को वडा कार्यालय भवन बनिएको ३ वर्षमानै चारैतिरबाट चर्कन थालेपछि निमार्ण उपभोक्ता समितिले सामान्य टालटुल गरेर जनताको आँखामा छारो हाल्ने प्रयास गरेका छ । वडा कार्यालयको विषयमा संचारमाध्यममा समाचार प्रशारण भएपछि शनिबारको मौका छोपी वडा कार्यालयलाई टालटुल गरिएको थियो ।

७० लाखमा बनाइएको वडा कार्यालय गुणस्तरहीन भएपछि आइतबार बुद्धशान्तिका केही स्थानीयले वडा कार्यालमा उपस्थित भई यस्को छानबिन गर्न निवेदन समेत दिएका छन् । ‘७० लाखमा बनाइएको भवन यति चाँडै भत्कनु दुखद् हो’ स्थानीय उमेश पाठकले भने । त्यस्तै भवन निमार्णका क्रममा चरम लापरवाही भएकोले यस्को जिम्मा निमार्ण समितिले लिनुपर्ने स्थानीय सेमन्त पोख्रेल बताउँछन् ।

केही दिनमा निमार्ण उपभोक्ता समिति र गाउँपालिकाको इन्जिनियर सहितको टोलीसंग छलफल गरि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरिने बुद्धशान्ति वडा नम्बर २ ले जानकारी दिएको छ ।

सम्बन्धित खबर