Kanakai Online

किसानलाई मकै रोप्ने मिसिन र स्प्रेट्याङ्की वितरण


आइतवार, जेठ २१, २०८० |

गोलधाप ,२२ जेठ । हल्दीवारी गाउँपालिका वडा नम्बर १ ले किसानलाई मकै रोप्ने मिसिन र स्प्रेट्याङ्की वितरण गरेको छ ।

वडा अध्यक्ष देवी बहादुर थापाको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १८० जना किसानलाई स्प्रेट्याङ्की र १०० जना किसानलाई मकै रोप्ने मेसिन बितरण गरिएको छ ।

वडा र किसानको ५०/५० साझेदारीमा उक्त सामाग्री बितरण गरिएको वडा अध्यक्ष थापाले जानकारी दिनु भएको छ ।

किसानहरुलाई कृषि सामाग्री बितरण गर्दै प्रमुख अतिथि मैनालीले कृषकलाई आवस्यकता अनुसार कृषि सामाग्री र अनुदान सहयोग गर्ने गरि गाउँपालिका निति निर्माणका साथ अगाडि बढ्न लागेकोले उपलब्ध सामाग्रीको सहि सदुपयोग गर्न समेत आह्वान गर्नु भयो ।

वडा अध्यक्ष थापाले ढिलो भएपनी कृषिमा आवस्यक पर्ने स्प्रेट्याङ्की र मकै रोप्ने औजार यो बर्ष वितरण गरिएको र आगामी बर्षदेखी किसानको आवस्यकता अनुसारका कृषि सामाग्री सर्वसुलभ तरिकाले वितरण गरिने बताउनु भएको छ ।

वडाको ४ लाख ५० हजार सिलिङ र किसानहरुबाट ४ लाख ५० हजार जम्मा गरि उक्त कृषि सामाग्री खरिद गरिएको अध्यक्ष थापाले बताउनु भयो ।

कृषि औजार वितरण कार्यक्रममा गाउँ कार्यपालिका सदस्य शान्ता देवी सिवाकोटी , वडा सदस्य कुलबहादुर वान्तवा र प्रकाश कुमार कार्कीको उपस्थिति रहेको थियोे ।

कृषि सामाग्री हस्तान्तरण कार्यक्रमको औचित्य र स्वागत वडा सदस्य प्रकाशकुमार कार्कीले गर्नु भएको थियोे भने कार्यक्रमको सहजीकरण वडा सचीव तुलना खत्रीले गर्नु भएको थियोे ।

सम्बन्धित खबर