Kanakai Online

भष्ट्राचारी होशियार,देश बेच्न पाइदैन भन्दै राप्रपा बाह्रद्शीको प्रर्दशन,


शनिवार, जेठ २०, २०८० |

टिकाराम बास्तोला

जेठ २०,झापा। नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार बिरुद्द निस्पक्ष छानबिन गरि कार्बाहीको दायरामा ल्याउन सरकार सँग माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी बाह्रद्शीले आज राजगड बजारमा प्रर्दशन गरेको छ।

राजगढ बजार नयाँ बसपार्क अगाडी भेला भएर, राजगढ बजार परिक्रमा गर्दै भष्ट्राचार बिरूद्ध नाराजुलुस प्रदर्शन गर्दै कुनैपनि हालतमा दोषीलाई कार्बाही गर भन्दै प्रर्दशन गरेको थियो।

राप्रपाले गणतन्त्र गनायो, भष्ट्राचारी होशियार, देश बेच्न पाइदैन ,कालापानी , लिपुलेक लिम्पियाधुरा हाम्रो हो,भष्ट्राचारीलाई कार्बाही गर,राप्रपा जिन्दावाद, लगायत नारा सहित शान्तिपूर्ण
प्रदर्शन गरेको थियो।

कार्यक्रममा झापा जिल्ला सचिव कुमार थापा, सीता श्रेष्ठ,राप्रपा क्षेत्र नम्बर ३ प्रदेश (ख) अध्यक्ष तथा हल्दिबारि गाउँपालिका अध्यक्ष रबिन्द्र लिङदेन,राप्रपा क्षेत्र नम्बर ३ क्षेत्रीय उपाध्यक्ष तथा बाह्रदशी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वीर बाहादुर राजवंशी ,सहित, सबै तहका वर्गीय सङ्गठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

राप्रपाले सडक देखि सदन सम्म भष्ट्राचार र बेथितिको बिरूद्ध बुलन्द आवाज उठाउँदै आएको राप्रपा क्षेत्र नम्बर ३(ख) अध्यक्ष रबिन्द्र लिङदेनले बताए।

सम्बन्धित खबर