Kanakai Online

कोटिहवन धामको १६ औ साधारण सभा दुई दर्जनलाई सम्मान


शुक्रवार, जेठ १९, २०८० |

कनकाई अनलाईन

पुर्वको पर्सिद्ध धार्मिक स्थल झापाको कनकाई नगरपालिका ४ कनकाई माई नदिकको किनारमा रहेको कोटिहवन धामको १६ अौं साधारण सभा तथा १० औ अधिवेशन शुक्रबार संस्थाको कार्यलय परिसरमा भएको छ ।

साधारणसभाको अबसर पारेर संस्थाले संस्थालाई संस्थागत तथा व्यक्तिगत रुपमा तन, मन, धन र वचनले अतुलनीय सहयोग पुऱ्याउनु हुने संघसंस्था साथै धार्मिक तथा सामाजिक व्यक्तित्वहरु र संस्थाका कर्मचारी सहित झन्डै दुई दर्जनलाई सम्मान(पत्र र दोसल्लाका साथ सम्मान गरिएको थियो। सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि संघीय संसद् मानीय एल। पी। साँवा लिम्बु,विशिष्ट अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , पूर्व प्रदेश मन्त्री हिराकुमार थापा,गोलोक गोवर्द्धन गौशाला सतासीधामका महन्त नन्दकिशोर भारद्वाज, सांङ्गवेद विद्यालय चारपानेका आचार्य श्री छन्दुराम भण्डारी लगायतले सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि संघीय संसद् मानीय एल। पी। साँवा लिम्बुले कार्यक्रमको सफलताको शुभकामना दिदै संस्थाले अवका दिनमा समाज ,धर्म , संस्कृति , पर्यटन र रोजगारलाई संगै जोड्दै जानू पर्नेमा जोड दिनुभएको थियोे भने विशिष्ट अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , पूर्व प्रदेश मन्त्री हिराकुमार थापा,सांङ्गवेद विद्यालय चारपानेका आचार्य श्री छन्दुराम भण्डारी , विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समुहका अध्यक्ष भिम प्रसाद अधिकारी , विभिन्न बन्धुबान्धवको प्रतिनिधित्व गर्दै गौतम बन्धु समाजका निधिरमण गौतम लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष नवलकिशोर दत्तले आफ्नो कार्यकालमा भएको प्रगति विवरण सहित संस्थाले भविस्यमा गर्नुपर्ने कार्ययोजना समेत समेटिएको अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । प्रतिवेदनमा कनकाईधाम परिसर भित्र राष्ट्रिय योगी नरहरीनाथ योगी जी को सालिक निर्माण , व्लक सहितको बाटाघाटा निर्माण, पुष्प बाटिका निर्माण, नन्दी भगवानको स्थापना, मन्दिरहरुमा रङ्गरोगन, पश्चिम र दक्षिण ढोका निर्माण, शहरी विकास मन्त्रालयको कार्यक्रम अन्तर्गत घेराबारा निर्माण, विश्राम स्थल र वाटिका निर्माण, गणेश र हनुमानको मन्दिर निर्माण , त्यस्तै ४२ फुट अग्लो शान्ति कलश निर्माण, परिसर भित्र सि।सि।टि।भी। जडान, मूल मन्दिरको मर्मत, परेवा खोर निर्माण, ब्रह्मलिङ्ग मन्दिरमा लिङ्ग स्थापना साथै मन्दिर मर्मत, ब्रह्मलिङ्ग मन्दिर र कनकेश्वर मन्दिरको बिचमा विश्राम स्थल निर्माण, साधुसन्त निवासका लागि भवन शिलान्यास जस्ता कार्यहरु आफ्नो कार्यकालको समितिले सम्पन्न गरेको अध्यक्ष दत्तले उल्लेख गर्नुभएको छ भने हाल बोहोरा बन्धुबाट कनकाई धामलाई हस्तान्तरण गर्नेगरी भव्य शिव मन्दिर समेत निर्माण भईरहेको दत्तले वताउनु भएको छ ।

त्यसैगरी मूल मन्दिरको पुनर्निमाण, पर्यटकको लागि आधुनिक सुविधा सम्पन्न धर्मशाला निर्माण , ध्यान केन्द्रको मेची महाकाली वृद्धाश्रमलाई सामुदायिक भवनमा परिणत गरी भवनको निर्माण , कनकाई सामुदायिक वनसंग आवश्यक समन्वय गरी तपोवन र गौं सेवाको व्यवस्थापन , साधुसन्त निवासको निर्माण, परिसर भित्रको बाटाहरुमा ड्रेनको व्यवस्था ,अक्षयकोषको स्थापना ,बृहत धार्मिक सम्मेलन, कनकाई गायत्री विद्यापिठलाई व्यवस्थि गरिने साथै सुरुङ्गा बजारबाट कोटिहवन हुँदै धनुषकोटी धामसम्म सम्बन्धीत निकायसंग समन्वय गरि आकर्षक पैदल मार्ग निर्माण जस्ता भावीयोजना समेतलाई अध्यक्ष दत्तले प्रतिवेदनमा प्रस्तुत गर्नु भएको थियोे ।

कार्यक्रममा संस्थाका महासचिव डिल्लीराम बाह्रकोटीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । आर्थिक गतिविधि समेटिएको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष नरेन्द्रप्रसाद फुयालले प्रस्तुत गर्नुभयो भने लेखा समितिको प्रतिवेदन लेखा समितिका संयोजक खड्ग प्रसाद प्रसाईंले गर्नु भएको थियो ।

संस्थामा १ सय २३ आजिवन सदस्य र १ हजार ५ साधारण सदस्य रहेकोमा साधारणसभामा उल्लेख्य उपस्थित नहुदा कोरम नपुगेको हुनाले पुनः साधारणसभाको आयोजना गरिने कार्यक्रमका अध्यक्ष नवलकिशोर दत्तले हललाई जानकारी गराउनु भएको थियो ।

यस क्षेत्रका संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षासेवी , धार्मिक तथा समाजिक ब्यक्तितव , जन प्रतिनिधि , संस्थाका सल्लाहकार , आजिवन तथा साधारण सदस्य , सञ्चारकर्मी लगायतको उपस्थितिमा भएको साधारणसभामा उपस्थित सवैलाई स्वागत संस्थाका बरिस्ठ उपाध्यक्ष नारायण ओलीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका महासचिव डिल्लीराम बाह्रकोटीले गर्नुभएको थियो ।