Kanakai Online

वैवाहिक बन्धनमा बाँधिइन् सोबिता गौतम


शुक्रवार, जेठ १९, २०८० |

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम विवाह बन्धनमा बाँधिएकी छन् ।

उनले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।

काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोबिता र गृहेन्द्रले ७ जेठमा दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा विवाह गरेका हुन् ।

सोबिता हाल पार्टीको कामको सिलसिलामा जापान भ्रमणमा छिन् । उनीसँग विवाह गरेका गृहेन्द्र हिमालयन बिल्डर्सका डाइरेक्टर र ग्रिस्मा ब्रोडकास्टिङका अध्यक्ष हुन् 

सम्बन्धित खबर