Kanakai Online

विक्री आदेश नलिइकन काठ विक्री, गैडे सामुदायिक वनका पदाधिकारी पक्राउ


शुक्रवार, जेठ १९, २०८० |

कनकाई अनलाईन
वन कार्यालयबाट अनुमति नलिईकन साखु जातको काठ बिक्री गरेको पाइएपछि झापाको शिवसताक्षी नगरपालिका १० मा रहेको गैडे सामुदायिक वन समुहका ३ जना पदाधिकारी पक्राउ परेका छन ।


वन समुहका उपाध्यक्ष राम लावती, सचिव कुमारी फागो र कोषाध्यक्ष रविन न्यौपानेलाई बिहीवार वेलुकी ४ बजे पक्राउ गरिएको सेक्टर वन कार्यालय चुलाचुलीका प्रमुख सत्यराम प्रजापतिले बताउँनुभयो ।


वन समुहका अध्यक्ष नरबहादुर थपलिया सामुदायिक वन समुहकै भ्रमणमा पश्चिम नेपालमा रहेकोले उहाँ आएपछि पनि पक्राउ गरिने प्रजापतिले बताउँनुभयो । पक्राउ परेको तीनै जनालाई सेक्टर वन कार्यालय चुलाचुलीमा राखिएर अनुसन्धान सुरु गरिएको बताइएको छ । जिल्ला वन कार्यालय इलामबाट बिक्री आदेश नलिइकन सो सामुदायिक वनले आफ्नोमात्रै पुर्जी काटेर साखु जातको काठ विक्री गरेको पाइएपछि काठ लैजादै गरेको को १ च ७५०५ नम्बरको बोलेरो जिप र सो बोलेरो जीपमा रहेको २६.२६ क्युफिट साखु जातको काठ बरामद गरेको छ । जिल्ला वनले विक्री आदेश समेत नदिएको साखु जातको काठ उपभोक्तालाई विक्री गरेको पाईएको वन कार्यालयले जनाएको छ । उक्त सामुदायिक वन समुहको कार्यालय झापामा रहेपछि कार्यक्षेत्रभने इलामको माई नगरपालिकामा पर्ने गर्दछ ।

सम्बन्धित खबर