Kanakai Online

कनकाई नगरपालिकाले दियो गर्मी बिदा


बिहिवार, जेठ १८, २०८० |

कनकाई अनलाईन
अत्याधिक गर्मीका कारण झापाको कनकाई नगरपालिकाका विद्यालयहरुलाई शुक्रवार एक दिन विदा दिईएको छ भने अन्य दिनमा समेत समय परिवर्तन हुनसक्ने नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभएको छ।

केही दिन यता बाट तापक्रममा अत्यधिक बृद्धि भएर गर्मी बढेपछि कनकाई नगरले विद्यालयको समय परिवर्तन गर्नेकी केही दिन छुट्टी नै गर्ने हो कि भन्ने विषयमा अनौपचारिक छलफल भईरहेको नगर पोखरेल जानकारी दिनुभयो । यसैविचमा शुक्रावार नगरपालिकाले एक सुचना प्रकाशन गरि एक दिन विदा दिईएको छ । शनिवार समेत विदा भएकोले शुक्रवार विदा दिइएको हो । सोही विषयमा छलफल गर्न शुक्रबार नगरको शिक्षा शाखाले बैठक बोलाएको शिक्षा शाखा प्रमुख पिताम्वर गौतमले जानकारी दिनुभयो ।

सोही विषयमा आज पनि नगरका शिक्षा र नगरभरिका सामुदायिक विध्यालयका शिक्षकबिच छलफल भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद मिश्रले जानकारी दिनुभयो । हप्ता दिनयता लगातार गर्मी बढेपछि झापाको मेचीनगर र कचनकवल, मोरङको विराटनगर लगायतका विभिन्न पालिका हरुले केही दिनका लागि विध्यालय विदा गरिएको छ।

यता मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले सूचना निकालेर आगामी बर्खे विदाबाट कट्टा हुनेगरी जेठ १८ आज र १९ गते भोलि विद्यालय विदा गरिएको बताएको छ।

अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समेत असर पर्न थालेकोले मेचीनगर नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय विदा दिन उनले जानकारी गराउनु भएको हो।

त्यस्तै, झापाकै कचनकवलका सामुदायिक विद्यालयहरु पाँच दिन विदा दिइएको छ । प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले गर्मीका कारण पठनपाठनमा समस्या आएकाले पाँच दिन विदा गरिएको उहाँले जानकारी दिनुभयो ।
झापामा पछिल्लो समय ४२ डिग्री भन्दा वढी तापक्रम हुदा जनजिवन अस्तव्यस्त बनेको छ ।

सम्बन्धित खबर