Kanakai Online

मलेसियामाथि नेपालको उत्कृष्ट जित


मङ्गलवार, जेठ १६, २०८० |

कनकाई अनलाईन
काठमाडौं नेपालले दोस्रो महिला टि२० आई खेलमा घरेलु टोली मलेसियामाथि ७ विकेटको उत्कृष्ट जित हात पारेको छ । योसँगै नेपालले पाँच महिला टि२० आई खेलको सिरिज १९१ को बराबरी गर्न सफल भएको छ ।
जितको लागि ९७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७।३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान रुविना क्षेत्री बेलबासे २१ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहिन् ।

नेपाललाई ओपनर कविता कुँवर र सीता रानामगरले राम्रो सुरुवात दिलाउँदै जितको आधार तय गरेका थिए । कविता कुँवरले ४३ बलमा २ चौकासहित २६ रन बनाइन् । त्यस्तै अर्की ओपनर सीता रानामगर २२ बलमा २ चौका र १ छक्कासहित २३ रनमा बोल्ड आउट भइन् ।

सीता निक नुर अतालियाको बलमा बोल्ड भएकी थिइन् । विन्दु रावल १८ बलमा २ चौकासहित १७ रनमा क्याच आउट भइन् । सम्झना खड्का २ रनमा नटआउट रहिन् । मलेसियाकी ऐश्या एलिसा, निक नुर र विनीफ्रन्ड आनीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । तर त्यो नेपाली ब्याटर सामु जित निकाल्न पर्याप्त भएन ।

मलेसियाको लागि मास एलिसा यासमिन जुक्किफीले ३४ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाएकी थिइन् । विनीफ्रेदलाई रविना क्षेत्री बेलबासेले २६ बलमा ३ चौकासहित २० रनमा बोल्ड गरिन् । जुलिया ३५ बलमा २० रनमा आउट भइन् । उनी इन्दु बर्माको बलमा सम्झना खड्काबाट क्याच आउट भइन् । रुविनाले नै एलिसालाई एलबीडब्लू आउट गरिन् । हामिजाह हाशिम १६ बलमा १४ रनमा नटआउट रहिन् ।

नेपालको रुविना क्षेत्रीबेलबासेले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । इन्दु बर्मा ४ ओभरमा ११ रन खर्चेर १ विकेट लिए ।कविता कुँवरले ३ ओभरमा ९ रन खर्चेर १ विकेट लिइन् । नेपाल पहिलो खेलमा मलेसियासँग ५० रनमा अल आउट हुँदै ५ विकेटले पराजित भएको थियो । जुन नेपालले मलेसियासँग महिला टि२० आई खेलमा हारेको पहिलो खेल थियो । जेठ १८ मा ९जुन १० मा नेपालले तेस्रो खेल खेल्नेछ । जेठ २० र २१ ९जुन ३ र ४० मा नेपालले चौथो र पाँचौं खेल खेल्नेछ।

सम्बन्धित खबर