कनकाई अनलाईन
बिर्तामोड खानेपानी तथा सरसफाईको निर्वाचनमा प्रजातान्त्रिक तथा राष्ट्रवादी समुहको प्यानलै बिजयी भएको छ । अध्यक्षका प्रत्यासी मेघराज बास्तोलाले अर्का प्रत्यासी प्रगतिशिल स्वतन्त्र प्यानलका देवेन्द्र सिटौलालाई १५९३ मतको फराकिलो मतान्तरले हराउँदै निर्वाचित हुनुभएको छ ।
बास्तोलाले २४६६ मत ल्याउँदा सिटौलाले मात्र ८७३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै अन्य पदाधिकारी र सम्पूर्ण सदस्य पनि सोही प्यानलले जितेको छ । उपाध्यक्षमा शैलेन्द्र सिटौला २०२८, सचिव पारस मैनाली २३४४ ,कोषाध्यक्ष शारदा रिजाल १५२१, खुल्ला सदस्यमा आनन्द गुरुङ १८१६, खगेन्द्र थापा १५९६ ,महिला सदस्यमा बालादेवी खरेल १८७६ , माया प्रधान खड्गी १९१४ र कमला अग्रवाल १८४४ मत ल्याइ निर्वाचित हुनुभएको छ । सोमवार भएको निर्वाचनको अन्तिम मत गणना मंगलवार दिउसो सकिएको हो ।