Kanakai Online

झापाको बुद्धशान्तिमा शिरिषको फुलले हजारौ पर्यटकको संख्या बढ्दै


शनिवार, जेठ १३, २०८० |

टिकाराम बास्तोला/ झापाको बुद्धशान्ति गाउँपालिका ४ स्थित बर्नेको चियाबगान मा शिरिषको रुखको फूल दिनदिनै सामाजिक संजालमा भाइरल बन्दै गहिरहेको छ।

शिरिषको रुखको फूल केही मात्रामा झरेपनि यहाँ घुम्न आउने पर्यटकको संख्या झन धेरै बढेनं थालेको छ। दिनौ हजारौंको संख्यामा यस क्षेत्रमा टिकटक बनाउन र फोटो खिच्नको लागि पर्यटकहरु आउने गरेका छन। विशेस गरि यो भाइरल रोडमा शनिबार धेरै मात्रामा पर्यटकहरु प्रवेश गर्दै आइरहेका छन।

शिरिष उष्ण तथा समशितोष्ण क्षेत्रहरूमा पाइने फ्याबासिया परिवार अन्तर्गत पर्ने वनस्पति हो। गत बर्ष बाट उक्त क्षेत्रमा रहेको शिरीषको रुख सामाजिक संजालमा भाइरल हुँदै आहिरहेको थियो। यस बर्ष सम्मेत गत बर्ष भन्दा अझै धेरै पर्यटकहरु यश क्षेत्रमा आइरहेका स्थानीयले बताए। हजारौं पर्यटकहरु आउन थालेपछि अहिले चटपटे, पानिपुरि,चिया,म;म,चाउमिन, आइस्कृम, बरफ जस्ता सामाग्री सम्मेत स्थानीयले बिक्री वितरण गर्न थालेका छन।

उक्त रोडमा अत्यन्तै धेरै भिँडभाड भएकोले यतिबेला यस क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

सम्बन्धित खबर