कनकाई अनलाईन
सुरुङ्गा । कनकाई नगरपालिकाले आफ्ना नागरिकहरुका लागि लक्षित गरि निशुल्क लोकसेवा र शिक्षक सेवाका तयारी कक्षाहरु सुरु गरेको छ ।
कनकाई नगरपालिकाको आर्थिक लगानी तथा सीएससीटी एजुकेशन फाउण्डेशन दमकको आयोजनामा कनकाई माविमा निशुल्क ५० दिने लोकसेवा र शिक्षक सेवा आयोगका तयारी कक्षाहरु संचालनमा ल्याइएको कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले बताउँनुभयो । शिक्षक सेवा आयोगका प्राविदेखि माविसम्मका तयारी कक्षाहरु तथा लोकसेवा आयोगका खरिदार, नासु, अफिसर लगायातका सबै तयारी कक्षाहरु धमाधम संचालनमा आइरहेको सीएससीटी एजुकेशन फाउण्डेशनका संचालक राजु गौतमले जानकारी दिनुभयो ।
तयारी कक्षाहरु देशकै प्रतिष्ठित प्रशिक्षकहरु गोपीचन्द्र पौडयालले विज्ञान, बद्रीप्रसाद कार्कीले संविधान तथा लेखन सीप, प्रयास भट्टराईले दोस्रो पत्र, अर्जुन सुवेदी र भीमराना जिज्ञासुले सामान्य ज्ञान र बालकृष्ण कोइरालाले आइक्यु सम्बन्धि प्रशिक्षण प्रदान गर्ने संचालक गौतमले बताउँनुभयो । ८० जनाको तयारी कक्षाको कोटाहरुमा अझै केहिजनाको तयारी कक्षाको कोटाहरु बाकी रहेकोले यसविचमा सम्पर्क राख्न सकिने र तयारी कक्षाहरु पुर्णतय निशुल्क रहने समेत गौतमले बताउँनुभयो । आफ्ना नागरिकहरुलाई शिक्षक सेवा र सरकारी जागिरमा सहज प्रवेशका लागि सहजीकरण होस भनेर नगरपालिकाले यसप्रकारको तालिमको आयोजना राखिएको कनकाई नगरपालिकाकी उपप्रमुख शिवाकोटीले बताउँनुभयो ।