Kanakai Online

१९४ ग्राम ब्राउन सुगरसहित २ भारतीय पक्राउ


शुक्रवार, जेठ १२, २०८० |

कनकाई अनलाईन
जिल्ला प्रहरी कार्यालय झापाले ठुलो परिणामको लागुऔषध ब्राउन सुगरसहित लागुऔषधको भरियालाई पक्राउ गरेको छ ।
शुक्रबार दिउसो साढे ३ बजेको समयमा लागुऔषध नियन्त्रण ब्युरो काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोवार भइरहेको विषेश सुचनाको आधारमा झापा भद्रपुर नगरपालिका वडा नं. ८ क्यापस मोडमा पुर्वबाट पश्चिम तर्फ छुट्टाछुट्टै साईकलमा आउदै गरेका भारत पश्चिम बंगाल दार्जिलिङ खोरीवारी थाना बस्ने २२ बर्षका शिवु घोष र सोही स्थानकी २६ बर्षकी श्यामली सोरेनलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउन सुगर १९४ ग्राम ५४० मिलिग्राम फेला पारेको छ ।

उक्त ब्राउन सुगर अर्का डिलरवाला शिवु घोषको रहेको खुल्ल आएको छ । प्रहरीले लागुऔषध सहित दुबैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्र रिजालले बताउँनुभयो । निजहरुले चलाई ल्याएको २ थान साइकल र २ थान मोबाईल समेत बरामद गरी जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर