ईलामको माई नगरपालिका २ चेप्टीमा रहेको ह्याप्पी ड्रिम चेप्टी विभिन्न उत्सव र चाडपर्वमा पर्यटनको मुख्य केन्द्र बन्दै गएको छ। नेपाली पर्यटकका साथै भारतीय पर्यटकको समेत दैनिक बाक्लो उपस्थित रहेको देख्दा हीजो पार्क नबन्दाको सन्नाटा, विकटता र चेप्टीमा घर छ भन्नपनि लाज लागेको बिगतको क्षण सम्झदै अहिले पार्क बनेपछी हaर्षका साथ पार्क छेउमा आफ्नो घरछ भन्नपाउनु चेप्टीका बासिन्दाको अहो भाग्य भएको स्थानियहरु बताउछन ।

नेपालकै नमुना पार्कको रुपमा पहिचान बनाउदै गरेको चेप्टी पार्कमा पानी जहाज, डुङ्गा सयर, हेलिकप्टर, विभिन्न प्रकारका पिंङ, सेल्फी डाँडा, घोडचडी, नमुना आकर्षक हिमाल, हिमलबाट बग्ने झरना, डान्सिङ कटेज, आकर्षक गार्डेन, साथै मुर्तिकलाहरु, लगायतका संरचनाहरुले त्याहाँ पुग्ने पर्यटकहरुलाई भरपुर मनोरञ्जन दिईरहेको छ । फेरि पनि दिनहुँजसो फरक फरक किसिमका थप संरचनाहरु निर्माण गरिदै जाने र दोहोर्याएर अाएका पर्यटकलाई पनि फरक किसिमले मनोरञ्जन दिने र अब चेप्टीलाई फुलैफुलको पार्क बनाएर दार्जिलिङ बनाउने र माई नगरपालिका लाई नेपाल मै परिचीत बनाउने सन्चालक दिनेश शिवाकोटी बताउछन ।
नेपाल सरकारले यतिको पार्क बनाउन नसकेको र सरकारलाई चुनौती दिदै अब म चेप्टीलाई सफलतामा पुराउछु भन्ने सिवाकोटीको भनाई रहेको छ । हिजो सम्म मैले यहाँका युवालाई रोजगार मात्र दिएको थिए तर अहिले मैले रोजगार सँगसँगै व्यव्साय गर्न पनि सिकाउदै जादैछु र अब युवाहरुले देश मै केही गर्नु पर्छ भनेर अपिल समेत गरेका छन ।


