Kanakai Online

बिर्तामोड नगरपालिकाले बुधबारे हटियामा चलायो डोजर


सोमवार, जेठ ८, २०८० |

कनकाई अनलाईन
बिर्तामोड नगरपालिकाले बुधबारे हटियाका टहरा डोजर लगाएर भत्काएको छ । नगर विकास कोषको ९० प्रतिशत अनुदानमा त्यहाँ बन्न लागेको वहुतले व्यावसायीक भवन निर्माणका लागि नगरपालिकाले यसअघि पटक पटक सार्वजनिक सुचना प्रकाशन गरेको थियो । त्यहाँ रहेका व्यावसायीहरुले आफुहरुलाई उचित स्थानको व्यावस्थापन गर्नुपर्ने माग राखेर ठाउँ खाली गर्नबाट पछि हटदै आएका थिए । ५० करोडको लागतमा बन्न लागेको बहुतले व्यावसायीक भवन निर्माणका लागि त्यहाँ १ बिगाह २ कठ्ठा क्षेत्रमा रहेका करिव २०० वटा कच्ची संरचना हटाउन सुचना निकालिएको हो ।

व्यापारीहरुलाई आग्रह गरेर पटकपटक समय दिँदा समेत नटेरेपछि डोजर प्रयोग गरी नगरपालिकाले उक्त स्थानका कच्ची संरचनाहरु हटाएको नगरपालिकाले जनाएको छ । उक्त स्थानमा ८ वटा डोजर प्रयोग गरि संरचना हटाउन सुरु गर्नसाथ स्थानीय व्यावसायीहरुले नाराजुलुश गर्दैै एउटा डोजरलाई ढुङ्गा प्रहार गरि तोडफोड गरेका थिए । डोजर लगाएको बुधवारे हटियामा वाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । ं

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी , वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने ,नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीलगायतको नेतृत्वमा केहीबेर व्यापारीहरुले डोजर रोक्ने प्रयास गरेका थिए । उनीहरुले डोजरमाथि ने चढेर अगाडि बढ्न दिएका थिएनन् । तर , आठओटा डोजरले एकसाथ भत्काउन थालेपछि व्यापारीहर तितरबितर भएका थिए । सुरक्षाकर्मीहरुले बल प्रयोग गर्नुपरेन ।

त्यहाँ जनपद , सशस्त्र र नगर प्रहरी तैनाथ गरिएको छ । पूर्वपट्टिबाट डोजर प्रयोग गरी भत्काउन थालिएको हो । नगरपालिकाले तीव्र गतिमा डोजर चलाउन थालेसगै बाँकी व्यापारीहरुले टहराबाट धमाधम आ–आफ्ना सामान निकालेका छन ।

यसअघि बुधवारे हटिया खाली गर्न नगरपालिकाले पटकपटक सूचना जारी गरेको थियो । दुई दिनअघि माइकिङसमेत गरिएको थियो । टहरा खाली गराई त्यस क्षेत्रमा बहुतले व्यवसायिक भवन बनाउने योजना रहेको छ ।

सम्बन्धित खबर